प्लानेट नेपालको उपाधि जेनिशालाई
पुस १३, २०७५
जेनिथ इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्लानेट नेपाल–२०१८ मा निजान श्रेष्ठ तथा जेनिशा तामाङ विजेता भएका छन् । जेनिशाले बेस्ट सोसल सर्भिसको एवार्ड पनि जितेकी छिन् ।
यसैगरी प्रतियोगितामा बेस्ट वाक र बेस्ट ड्रेस एवार्डसहित स्वीकृति थापा फस्ट रनर्सअप भइन् भने मिस फोटोजेनिक एवार्ड सहित मृनाल श्रेष्ठ अर्गनाइजर च्वाइस एवार्ड विजेता घोषित भइन् ।
समृद्धि शर्माले भने मोस्ट क्रिएटिभ तथा मल्टिमिडिया एवार्डसहित भ्युअर च्वाइसको एवार्ड आफ्नो नाममा गरिन् । यो प्रतिस्पर्धा ई–प्लानेटको सहकार्यमा सञ्चालन भएको हो ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्