Successfully Copied

एलिशा राईको एक्सिडेन्ट भयो न्यूरोडमा

गायिका इन्दिरा भट्टराईको ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जसमा एलिशा राईले अभिनय गरेकी छिन् ।

गायिका इन्दिरा भट्टराईको ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जसमा एलिशा राईले अभिनय गरेकी छिन् । बुढा सुब्बा डिजिटल प्रालि ले आइतबार यूट्युबमार्फत भट्टराईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

गायिका भट्टराईको आवाज रहेको उक्त गीतमा लालबहादुर सुब्बाको शब्द तथा संगीत रहेको छ भने संयोजन सविन लिम्बूको रहेको छ ।

गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेका छन् ।  म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ । शहरी जीवन र युवाको प्रेमकथालाई गीतले समेटेको गायिका भट्टराईले जनाएकी छिन् ।

गीतको म्यूजिक भिडियो :

 Image