Successfully Copied

ब्युटिफुल भन्दा स्मार्ट देखिन रुचाउँछु

ब्युटिफुल भन्दा स्मार्ट देखिन रुचाउने थापा आफूूलाई फेसन कन्सस मान्छिन् । उनी इन्टरनेसनल फेसन बजारलाई फलो गर्दै आफूलाई सुहाउने गेटअपमा हिँड्न रुचाउँछिन् । विन्टरमा उनी न्याना एवं स्टाइलिस्ट देखिन पहिरन छनोटमा बढी ध्यान पुर्‍याउँछिन् ।

सेतो बाघबाट चलचित्रको रंगीन संसारमा प्रवेश गरेकी पूजन आफ्नो दोस्रो चलचित्र कस्मिक एयरको छायांकनमा व्यस्त छिन् । थापा हरेक दिन सगरमाथा टेलिभिजनको लाइभ शोमा भिजेका रूपमा प्रस्तुत हुन्छिन् । 

ब्युटिफुल भन्दा स्मार्ट देखिन रुचाउने थापा आफूूलाई फेसन कन्सस मान्छिन् । उनी इन्टरनेसनल फेसन बजारलाई फलो गर्दै आफूलाई सुहाउने गेटअपमा हिँड्न रुचाउँछिन् । विन्टरमा उनी न्याना एवं स्टाइलिस्ट देखिन पहिरन छनोटमा बढी ध्यान पुर्‍याउँछिन् । यो समयमा उनी ऊलनका फिटिङ पहिरनमा बढी फोकस हुन्छिन् । थापालाई लङ कोट तथा निलेन्थ बुटमा स्मार्ट फिल हुन्छ । उनी पार्टी, इभेन्टहरूमा कुर्ता, साडी तथा गाउन लगाइरहेकी हुन्छिन् । 

क्याजुअलमा भने वान पिस र जमसुट लगाउँछिन् । कालो र मरुन रंग बढी रूचाउने थापा प्राय:जसो नक्साल तथा बानेश्वरमा सपिङ गर्छिन् । अहिले उनी अनलाइन सपिङबाट पनि धेरै सामान मगाइरहेकी हुन्छिन् । व्यस्त हुनेहरूका लागि अनलाइन सपिङ निकै सजिलो माध्यम भएको उनको अनुभव छ । थापा फेसन डिजाइनर सुनीता श्रेष्ठ तथा प्रेमदेवका पहिरन बढी प्रयोग गरिरहेकी हुन्छिन् । 

उनी आफ्नो छालाप्रति सचेत छिन् । लामो समयदेखि उनी लोटस र हुडाका ब्युटी प्रोडक्ट प्रयोग गरिरहेकी छिन् । उनको ब्यागमा हुडाको फाउन्डेसन तथा मस्कारा सधै हुन्छ । थापाको अनुहारमा कर्ली हेयर सुहाउने भएकाले उनी सकभर हेयर कर्ल गरिरहेकी हुन्छिन् । सधै ह्यान्ड ब्याग बोक्ने थापासँग इयररिङको राम्रै कलेक्सन छ । 

यद्यपि पूजन लाइभ शोमा मात्र पहिरनअनुसारका इयररिङ लगाउँछिन् । उनीसँग विन्टर बुटको पनि रामै्र कलेक्सन छ । केही समययता उनले निधारमा सानो कालो टीका लगाउन थालेकी छिन् । त्यो उनका लागि गुड लकसमेत साबित भएको छ ।

 Image