विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस् ब्युटी क्वीन नेपाल २०१९’ को ताज शान्ति लिम्बुले आफ्नो शीरमा सजाउन सफल भएकी छिन् । उनले पर्सनालिटी विधाको अवार्ड पनि हात पारिन् ।
प्रतियोगितामा मनिशा विमली फस्ट रनर अप तथा जयन्ती गौतम सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । सिजन मिडियाको आयोजनामा भएको प्रतियोगितामा चेसाङ लामा मल्टिमिडिया च्वाइस र पपुलर अवार्ड सहित अर्गनाइजर च्वाइस अवार्डको ताज पहिरिन सफल भएकी थिइन् ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा पार्वती खत्री थर्ड रनर अप, विजया काफ्ले फोर्थ रनर अप, प्रमिला भण्डारी फिफ्थ रनर अप, कल्पना आचार्य सिस्थ रनर अप, मेनुका श्रेष्ठ सेभेन्थ रनर अप, सोनु बराल एथ रनर अप तथा अम्बिका थापा नाइन्थ रनर अपका रुपमा निक्र्यौल गरिएका थिए ।