Successfully Copied

सुरभीलाई मिस नेपाल यूएस

अमेरिकाको नेब्रास्काको ओमाहास्थित द रेलिभेन्ट सेन्टरमा सम्पन्न मिस नेपाल युएस–२०१९ को उपाधि भर्जिनियाकी सुरभी खनालले जितेकी छिन् । सातौं संस्करणको मिस नेपाल यूएस उपाधिसँगै सुरभीले फोटोजेनिक र ब्युटी विथ्आउट लिमिटको एवार्ड पनि प्राप्त गरेकी थिइन् ।

अमेरिकाको नेब्रास्काको ओमाहास्थित द रेलिभेन्ट सेन्टरमा सम्पन्न मिस नेपाल युएस–२०१९ को उपाधि भर्जिनियाकी सुरभी खनालले जितेकी छिन् । सातौं संस्करणको मिस नेपाल यूएस उपाधिसँगै सुरभीले फोटोजेनिक र ब्युटी विथ्आउट लिमिटको एवार्ड पनि प्राप्त गरेकी थिइन् । प्रतियोगितामा टेक्सासकी रिमा शर्मा फस्र्ट रनर्सअप तथा सिकागोकी मेघा रौनियार सेकेन्ड रनर्सअप भएका थिए । मेघाले मिस ट्यालेन्ट एवार्ड पनि जितेकी थिइन् ।

प्रतियोगितामा ज्याप अधिकारीले क्याटवाक तथा सज्जा रावतले कन्जिनियालिटी विधाको पुरस्कार पाएका थिए । गत असोज २५ गते संचालन भएको सो प्रतियोगितालाई नेब्रास्का नेप्लीज सोसाइटीले आयोजना गरेको थियो । कार्यक्रमलाई मिस नेपाल युनिभर्स २०१७ नगमा श्रेष्ठले कोरियोग्राफी एवं संचालन गरेकी थिइन् । कार्यक्रममा गायिका इन्दिरा जोशीको विशेष सांगीतिक प्रस्तुति थियो ।

 Image