Successfully Copied

बोल्दा नडराउने केटी मन पर्छ :  प्रदीप खड्का

बोल्दा नडराउने अर्थात् कन्फिडेन्ट्ली बोल्न सक्नेहरू । म जोसँग बोल्दा पनि आँखामा हेरेर बोल्न रुचाउँछु । सिधै भन्नुपर्दा मलाई युवतीहरूको आँखा मनपर्छ । 

कस्तो हेयर स्टाइल मनपर्छ ?

हेयर स्टाइलतिर मैले कहिल्यै ध्यान दिएको छैन । चलचित्रमा क्यारेक्टरअनुसार स्टाइल दिइन्छ । अरू समयमा म सामान्य रूपमै हिँड्न रुचाउँछु ।

ड्रेसअपमा त पक्कै रुचि होला नि ?

यस्तै चाहिन्छ भन्ने छैन । सुटिङमा दिनमै ३–४ थरीका पहिरन लगाउनुपर्ने हुन्छ । त्यसैले अरू बेला यस्तो लगाउनुपर्छ भन्ने लाग्दैन । आफूलाई जेकम्फर्टेबल हुन्छ, त्यही लगाउँछु । समय, मौसम एवं स्थानले पनि कस्तो पहिरन लगाउने भन्ने कुरा निर्धारण गर्छ ।

आफूलाई कसरी फिट राख्नु हुन्छ ?

म अलि दुब्लो छु । माछा–मासु खाँदिन, ड्रिङ्स गर्दिन । त्यसैले मलाई कुनै शारीरिक समस्या छैन । आफ्नो उमेरअनुसार फिट रहन जिम जाने गरेको छु । 

कस्ता युवती मन पर्छन् ?

बोल्दा नडराउने अर्थात् कन्फिडेन्ट्ली बोल्न सक्नेहरू । म जोसँग बोल्दा पनि आँखामा हेरेर बोल्न रुचाउँछु । सिधै भन्नुपर्दा मलाई युवतीहरूको आँखा मनपर्छ । 

बढी रुचि केमा छ ?

चलचित्र हेर्न मन लाग्छ । फुर्सद हुँदा म दिनमा ४–५ वटासम्म चलचित्र हेर्छु । अर्काे रुचि नयाँ–नयाँ ठाउँ घुम्ने हो ।

 

 Image