Successfully Copied

सिड्नीको काल्टर्नमा नेपाली युवाले सुरु गरे ‘मायालु मिनी मार्केट’

विशेष गरेर अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुको बसोबास बाक्लिदै गएको छ । फलस्वरुप यस क्षेत्रमा नेपालीलाईनै लक्षित गरी विभिन्न व्यवसायहरु सन्चालनमा आएका छन् । ति व्यापार व्यवसायले राम्रो बजार पाएको समेत ब्यापार ब्यबसायमा संलग्न नेपालीहरुले बताउँदै आएका छन् । 

पछिल्लो समय अष्ट्रेलियाका विभिन्न शहरमा नेपालीको संख्या बढ्दो छ । अध्ययन तथा वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पुगेका युवाहरुले विभिन्न काम गर्दै आएका छन् । अष्ट्रेलियालाई कर्मभूमि बनाएर बसेका युवाहरुको व्यापार व्यवसायमा संलग्नता बढ्दो छ ।  

विशेष गरेर अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुको बसोबास बाक्लिदै गएको छ । फलस्वरुप यस क्षेत्रमा नेपालीलाईनै लक्षित गरी विभिन्न व्यवसायहरु सन्चालनमा आएका छन् । ति व्यापार व्यवसायले राम्रो बजार पाएको समेत ब्यापार ब्यबसायमा संलग्न नेपालीहरुले बताउँदै आएका छन् । 

यसै क्रममा अस्ट्रेलियाको सिड्नी कर्ल्टन ट्रेन स्टेसनको नजिकै रेल वे परेडमा ‘मायालु मिनी मार्केट’ संचालनमा आएको छ । आगामी जनवरी ११ मा औपचारिक उदेघाटन गरिने उक्त मार्ट नेपाली युवा बिषम गौतमले सञ्चानमा ल्याएका हुन् । उक्त क्षेत्रमा नेपालीहरुको बस्ती बढेसंगै नेपाली स्वाद र नेपाली उत्पादनका खानेकुराहरू पाईने पसलको अभाव भएकाले ‘मायालु मिनी मार्केट’को सोच गौतम बताउँछन् । 

‘मायालु मिनी मार्केट’मा घरायसी सामग्री सहित प्रिण्टिङ्ग, सौन्दर्यको समान, मोबाइल सम्बन्धी सामानहरु लगायत ताजा तरकारी फलफुल पनि सुपथ मूल्यमा पाइने बताइएको छ । स्थानियको सुबिधालाई ध्यानमा राखेर लक्षित गरिएको यो मार्केटमा ५० डलर भन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुको लागि निशुल्क होम डेलिभरीको पनि ब्यबस्था गरिएको गौतम बताउँछन् । 

 

 Image