Successfully Copied

बोटोक्स के हो ?

भ्याम्पायार फेसियल (मुखमा मात्र) हलिउडमा धेरै चलेको फेसियल हो । एउटा मेसिन हुन्छ, जसमा प्लेट लेस सेल छुट्टिन्छ । प्लेटलेस कोषिका छुट्टिएपछि फेसियल मसाज गर्छन् । आफ्नै शरीरको रगतले फेसियल नेचुरल हुन्छ ।

भ्याम्पायार फेसियल (मुखमा मात्र) हलिउडमा धेरै चलेको फेसियल हो । एउटा मेसिन हुन्छ, जसमा प्लेट लेस सेल छुट्टिन्छ । प्लेटलेस कोषिका छुट्टिएपछि फेसियल मसाज गर्छन् । आफ्नै शरीरको रगतले फेसियल नेचुरल हुन्छ ।

बोटोक्स अथवा बोटुलिनम सुई चाउरीपनको संसारकै सबैभन्दा लोकप्रिय र प्रभावकारी उपचार हो । बोटोक्स स–साना सुईहरूबाट चाउरी परेको भागमा दिइन्छ । नदुख्ने क्रिम लगाएर गरिने यो उपचार विधिलाई लन्च टाइम प्रोसिजर पनि भनिन्छ । लन्च टाइम प्रोसिजर अर्थात् खाजा खाने छोटो ब्रेकमा गर्न भ्याउने उपचार भन्ने बुझिन्छ । बोटक्स गर्न १५ देखि २० मिनेट समय लाग्छ । सुईको दाग वा खत नबस्ने भएकाले यो उपचार गराएको अरुले प्राय: थाहा पाउँदैनन् । खाजा खाने ब्रेकमा बोटक्स उपचार लिँदा पनि काममा अवरोध आउँदैन । 

बोटोक्स कति वर्षको उमेरमा सुरु गर्ने ?

बोटोक्स सुरु गर्न निश्चित उमेर तोकिएको छैन । मसिना चाउरीका रेखा वा फाइन लाइन देखिनासाथ बोटक्स गर्दा चाउरीपन घटाउने वा रोक्ने गर्छ । नेपालमा पनि २४–२५ वर्षकै उमेरमा यो उपचार सुरु गर्ने क्रम बढ्दो छ । 

कति समयमा कति पटक गर्ने ?

एकपटक लगाएको बोटक्स ४–६ महिना रहन्छ । कम्तीमा पनि ६–६ महिनामा बोटक्स गराउनुपर्छ । उमेरसँगै छालामा चाउरी पनि बढ्ने हुनाले आफूलाई व्यक्तिगत रूपमा इच्छा लाग्दासम्म गराउँदा हुन्छ । 

कस्तो र कहाँ–कहाँ बोटक्सले काम गर्छ ?

मसिना फाइन लाइनहरू बोटोक्सले प्रभावकारी रूपमा हटाउँछ । धेरै गहिरो चाउरीका रेखीका लागि बोटक्ससँगै लेजर, फिलर माइक्रोनिडल आदि गर्न सकिन्छ । निधारको रेखी, आँखा वरपर, नाकको चाउरी, डन्डिफोरका मसिना दाग, चिउँडो स्लिम बनाउन र घाँटीको चाउरीलगायत विभिन्न मेडिकल उपचारमा पनि यसको प्रयोग हुन्छ । 

नकारात्मक असरसँग डराउनुपर्छ 

बोटोक्स नितान्त सुरक्षित उपचार हो । उपचार गरिएको भागभन्दा पर र अङ्गमा फैलिन नसक्ने हुनाले यसको खासै नकारात्मक असर छैन । बोटक्स दक्ष कस्मेटिक चिकित्सकसँग मात्र गराउनुपर्छ । नत्र अनुहारको नक्सा बिग्रिनसक्छ । दीर्घरोग र मुटुसम्बन्धी बिरामीले भने चिकित्सकको सल्लाह लिएर मात्र गराउनु बढी सुरक्षित हुन्छ ।

पीआरपी थेरापी र फेसियलका लागि  क्लिनिक

भ्याम्पायार फेसियल (मुखमा मात्र) हलिउडमा धेरै चलेको फेसियल हो । एउटा मेसिन हुन्छ, जसमा प्लेट लेस सेल छुट्टिन्छ । प्लेटलेस कोषिका छुट्टिएपछि फेसियल मसाज गर्छन् । आफ्नै शरीरको रगतले फेसियल नेचुरल हुन्छ । यसले रिंकल, डार्क सर्कल करेक्सन, पिम्पल, स्ट्रेट मास्कलाई न्यून गर्दै लान्छ । यो फेसियल पहिलो पटक गर्दा महिनामा एक–एकपटक गरी तीन सेसनमा गर्नुपर्छ ।

डा. जेविना लामाले आफ्नो क्लिनिकमा यो थेरापीका लागि उच्च पदस्थ व्यक्तिहरू नै बढी आउने बताइन् । त्यसमा पनि धेरैजसो बैंकरहरू राम्रो र योंग लुक्स देखिनका लागि भ्याम्पायर फेसियल गराउन आउने बताइन् । उनका अनुसार बैंकर भएपछि स्मार्ट र ब्युटिफुल लुक्समा देखिनुपर्छ भन्ने कन्सेप्टले नै प्राय: बैंकरहरू पीआरपी थेरापीका लागि खर्च गर्छन् । वर्षमा दुई पटक गर्नुपर्ने यो फेसियल गर्नुअघि सबै ब्लड टेस्ट गराउनुपर्छ । ब्लड टेस्टको रिपोर्ट नेगेटिभ आएपछि मात्र यो फेसियल सुरु गर्नुपर्छ ।

 Image