Successfully Copied

सम्बन्ध बिग्रनुको कारण इगो र टेन्सन

सम्बन्ध टुटाउन पहिले कारण पनि स्पष्ट हुनु जरुरी हुन्छ, । आजभोलि एक–अर्कालाई हेपेको, कुरा नसुनेको जस्ता कुरामै चर्काे रूप लिएर अदालत पुगेको धेरै देख्छु । कतिपय अवस्थामा मनोचिकित्सककोमा समेत परामर्शका लागि आइरहेका हुन्छन् । जसमा सबैभन्दा बढी इगो र टेन्सन नै प्रमुख कारण पाएँ ।

विवाहपछि धेरै जोडीले जीवन आफूले सोचेजस्तो होस् भन्ने चाहना राख्छन् । तर कहिलेकाहीँ केही विषयले ठूलो रूप लिन्छ र उनीहरूलाई लाग्छ–सम्बन्ध तोड्ने बेला भयो वा एक–अर्काबाट टाढा हुने बेला भयो । धेरैको जीवनमा यस्तो अवस्था आएको हुन्छ ।

केहीले त्यसै बेला सम्बन्ध तोड्छन् भने केहीले पर्ख र हेर गरेर बसेका हुन्छन् । यदि सम्बन्ध तोडेकाहरूबारे अध्ययन गर्ने हो भने सामान्य कुराले पनि छुट्टिएको पाइन्छ । विचार, सोच, एक–अर्काको पारिवारिक रहनसहन, संस्कृति आदि नबुझ्दा पनि यस्ता समस्या आएका हुन्छन् । साथै पारिवारिक मुद्दाले पनि सम्बन्धमा फाटो आएको देखिन्छ । 

सम्बन्ध टुटाउन पहिले कारण पनि स्पष्ट हुनु जरुरी हुन्छ, । आजभोलि एक–अर्कालाई हेपेको, कुरा नसुनेको जस्ता कुरामै चर्काे रूप लिएर अदालत पुगेको धेरै देख्छु । कतिपय अवस्थामा मनोचिकित्सककोमा समेत परामर्शका लागि आइरहेका हुन्छन् । जसमा सबैभन्दा बढी इगो र टेन्सन नै प्रमुख कारण पाएँ ।

श्रीमान् वा श्रीमती आफ्नो काममा व्यस्त हुनुका साथै आफ्नो साथीलाई समय दिन नसक्नुको कारण पनि दुवैबीच माया कम हुँदै जाँदोरहेछ र दुवैमा एक–अर्काप्रति विश्वास हराउँदै जान्छ । अचेल स्र्माट फोनका कारण पनि सम्बन्ध टुटेका उदाहरण छन् । श्रीमान्–श्रीमती सँगै बस्दा पनि फोन वा इन्टरनेटमा व्यस्त हुँदा र एकले अर्कालाई वास्ता नगर्दा समस्या आउँछन् । यसमा सचत हुनु जरुरी छ । 

 Image