Successfully Copied

कुन मुलुकमा सबैभन्दा उत्तम स्वास्थ्य सुरक्षा

विश्व अहिले स्वास्थ्यतर्फ केन्द्रित छ । कोभिड १९ को महामारी पछि विश्वले अहिले सबैभन्दा बढी पैसा खर्च गरेको क्षेत्रनै स्वास्थ्य क्षेत्र देखिएको छ । यसै बिषयमा हालै बिबिसीले विश्वको कुन राष्ट्रमा सबैभन्दा उत्तम स्वास्थ्य सुरक्षा रहेको छ भनेर छनोट गरेको छ । 

विश्व अहिले स्वास्थ्यतर्फ केन्द्रित छ । कोभिड १९ को महामारी पछि विश्वले अहिले सबैभन्दा बढी पैसा खर्च गरेको क्षेत्रनै स्वास्थ्य क्षेत्र देखिएको छ । यसै बिषयमा हालै बिबिसीले विश्वको कुन राष्ट्रमा सबैभन्दा उत्तम स्वास्थ्य सुरक्षा रहेको छ भनेर छनोट गरेको छ । 

जापान

विश्वको स्वास्थ्यको सूचकांकमा दोस्रो स्थानमा रहेको जापानले कोभिड १९को नियन्त्रणमा प्रारम्भिक सफलता पाएपछी त्यहाँको व्यवस्थापनले विश्वमा प्रशंसा पाइरहेको छ । यद्यपि संक्रमणको जोखिम रहेको कारण देशलाई अझैं सतर्क अवस्थामा राखिएको छ । प्रधानमन्त्रीले देशको धेरैजसो स्थानमा आपतकालिन अवस्था जारी गरेपछि त्यहाँका जनता बढी सजग बनेका छन् । यसका बाबजुद पनि जापानमा लकडाउन लागू गरेको छैन । जापानमा रहेको स्वास्थ पूर्वाधारले नै यो संक्रमणलाई पहिलो चरणमै नियन्त्रण गर्न सफल भएको थियो । 

दक्षिण कोरिया

लेगाटम हेल्थ पिलरको स्वास्थ्य स्तम्भमा चौथो स्थानमा आउदै दक्षिण कोरिया विशेष गरी २०१५ मा मध्यपूर्वी श्वसन सिन्ड्रोम (मार्स) भएको अनुभव पछि कोविड १९ को प्रकोपलाई नियन्त्रण गर्न तयार थियो ।  स्वास्थ्य सेवाप्रदायकहरू र अस्पतालहरू पहिल्यै सुसज्जित र कुशल कार्यकालागि प्रशिक्षित अवस्थामा थिए । यस्तो संकटमा देशले ४ लाख ५० हजार भन्दा बढी मानिसहरूलाई परीक्षण गर्न सफल भयो । 

इजरायल

जब कोहिड १९ वुहानमा देखा परेको समाचार आयो तब स्वास्थ्य सुविधाको सूचकांकमा ११ औं स्थानमा रहेको इजरायल पनि संक्रमण र नियन्त्रणमा अघि बढे । जनवरी २०२० को अन्त सम्ममा त्यहाँका स्वास्थ्य मन्त्रीले सम्भावित प्रकोपलाई नियन्त्रण गर्न स्वास्थकर्मी परिचालन बढाए । गर्मी ठाउँबाट फर्केका नागरिकहरूको लागि १४ दिनका लागि सेल्फ क्वारेन्टाइन अनिवार्य गरियो । अन्तर्राष्ट्रिय यात्रा र घरबाट बाहिरिने कार्यलाई रोक्न तिब्र रुपमा कडा पारियो । अन्य देशहरू भन्दा सानो इजरायलले संक्रमण र अस्पताल भर्तीको प्रकृयालाई बढाएका कारण अहिले यहां महामारीको प्रभाव न्युन छ ।

जर्मनी

धेरै युरोपेली छिमेकीहरू भन्दा समग्र कम कोविड १९ को मृत्यु दरको साथ जर्मनी स्वास्थ सूचकांकमा १२ औं स्थान छ । यसलाई अन्तर्राष्ट्रिय सफलताको कहानीको रूपमा लिइएको छ । तर विज्ञहरू यस जर्मनी अझै पनि खतरावाट मुक्त नभएको चेतावनी दिन्छन् । 

युरोपियन स्कूलका प्रबन्ध विज्ञानका अध्यक्ष प्रोफेसर फ्रान्सिस डे भेरिकोर्टले जर्मनीमा व्यापक रूपमा उच्चस्तरको परीक्षणले देशको स्वास्थ्य सेवाको स्तरलाई देखाएको बताउछन् । जर्मनीमा मृत्युदर वास्तवमा अन्य देशहरूको तुलनामा कतिकम छ भन्नेमा अन्यौल छ । संक्रमित मानिसको संख्यालाई मात्र आधार नमानी प्रतिरोधात्मक क्षमता भएका मानिस कति छन् तिनको समेत लेखाजोखा हुनुपर्नेमा विज्ञहरुको अहिले चासो रहेको छ ।

अष्ट्रेलिया

स्वाथ्य सूचकांकमा स्तम्भमा १८ औं स्थानमा रहेको अष्ट्रेलियाले कोभिड–१९ को महामारी बृद्धिदर ५५ प्रतिशतभन्दा कममा राख्न सकेको छ । अष्ट्रेलियाको मिश्रित स्वास्थ्य सेवा प्रणालीले कुनै किसिमको खराब स्थिती आउन दिएन । अहिलेको महामारीमा सरकारी र नीजि स्तरको स्वास्थ प्रणालीले आपतकालिन सेवा बढाएपछि यो सफलता हात पारेका हुन् । मेलबर्न विश्वविद्यालयका क्लिनिकल प्राध्यापक डा.लेक्स पोलियाकोभले भनेका छन्, नीजि अस्पतालहरूलाई कोभिड १९ द्धारा संक्रमित बिरामीहरूको अनुमानित आगमनको लागि तयारी अवस्थामा राख्नु नै अहिलेको सफलता हुने छ । 

एजेन्सीको सहयोगमा 

 Image