Successfully Copied

‘एचवान थर्मल मसाजर’

नेपालमा थेरापीका लागि ‘एचवान अटोमेटिक थर्मल मसाजर’ प्रविधि बिस्तार भएको छ । यो प्रविधिअन्तर्गत वैकल्पिक चिकित्सा पद्धतिमा आधारित लेजर थेरापीमा रहेर उपचार गरिन्छ ।

नेपालमा थेरापीका लागि ‘एचवान अटोमेटिक थर्मल मसाजर’ प्रविधि बिस्तार भएको छ । यो प्रविधिअन्तर्गत वैकल्पिक चिकित्सा पद्धतिमा आधारित लेजर थेरापीमा रहेर उपचार गरिन्छ । यो मसाजरले मेरुदण्डलाई व्यवस्थित बनाउनुका साथै रक्त सञ्चारलाई सक्रिय र शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । शरीरका हरेक अङ्गका लागि उपयुक्त हुने यो थेरापीबाट जुनसुकै रोगको उपचार गर्न सकिन्छ ।

यसअन्तर्गत नसा च्यापिएका र मांसपेशी खुम्चिएकालाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । वैकल्पिक चिकित्सा विज्ञानमा सय वर्षको इतिहास बोकेको यो विधिले रक्तसञ्चार प्रणालीमा सुधार ल्याउँछ । यो मेसिनलाई घरमै पनि प्रयोग गर्न सकिन्छ । यो मेसिनद्वारा लेजर थेरापीले ट्युमर, छालाका समस्या, दागलगायतका समस्या समाधान गर्न सकिन्छ । यो प्रविधिमा प्रयोगकर्ताहरूले आवश्यकतानुसार तापक्रम मिलाई मसाज गर्न सकिने व्यवस्था रहेको छ । विभिन्न मोडमा १५ प्रकारले शरीरको मसाज गरी स्वास्थ्यमा फाइदा पुर्‍याउँछ । यसको सेवा निःशुल्क लिन सकिन्छ ।

स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त यो प्रविधि देशभर २३ स्थानमा बिस्तार भएको छ । पछिल्लो समय नेपालमा यो प्रविधिको लोकप्रियता बढ्दै गएको सञ्चालक शिशिर भुसालले बताए । लामो समयदेखि उपचार हुन नसकेका रोगहरू यो प्रविधिले निको पार्ने उनी बताउँछन् । भन्छन्, ‘धेरै औषधि सेवन गर्दा पनि निको नभएका रोगहरू यो प्रविधिमार्फत निको भएका छन् ।’ उनका अनुसार मुटु रोगी एवं गर्भवती महिलाका लागि यो प्रविधि हानिकारक हुन्छ । नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ ।

 Image