Successfully Copied

२०७७ साल फागुन महिनाको राशिफल

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । सोचेअनुरूप कार्यहरू सम्पन्न हुँदै जानेछन् ।

मेष

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । सोचेअनुरूप कार्यहरू सम्पन्न हुँदै जानेछन् । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । माइतीपक्षसित भेटघाट गर्ने अवसर मिल्नेछ । कुनै काम विशेषले यात्रा हुनसक्छ । धार्मिक कार्यप्रति अभिरुचि बढ्नेछ । साथीसंगीसित रमाइलो भेटघाट गर्ने अवसर जुट्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कहिलेकाहीँ काम गर्दागर्दै एक्कासि रिस उठ्नसक्छ, सकेसम्म धैर्य र शान्त रहने प्रयास गर्नुहोला ।

वृष

समस्याको समाधान हुनुका साथै रोकिएका कामहरूले गति लिन थाल्नेछन् । मनमा काम गर्ने उत्साह बढ्नेछ । पारिवारिक खुसी मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । कतैबाट लिन बाँकी रहेको रकम फिर्ता मिल्नसक्छ । कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि अपजस पाइनसक्छ । सकेसम्म आफ्नो कार्यक्षेत्रमा सक्रिय भई लाग्ने प्रयत्न गर्नुहोला । कसैसित बोल्दा वा ठट्टा गर्दा राम्रो विचार गर्नुहोला । महिनाको अन्त्यतिर आर्थिक लाभ हुनसक्छ । व्यावहारिक कार्य गर्दा सजग रहनुपर्ने बेला छ ।

मिथुन

कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । आकस्मिक लाभ हुनेछ । सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । सबैतिरबाट तपाईंको कुरा बुझी कार्य गर्ने प्रयास हुनेछ । कुनै आकस्मिक उपहार प्राप्त हुनसक्छ । धार्मिक कार्यप्रति अभिरुचि बढ्नेछ । सन्तान सुख प्राप्त हुनेछ । व्यावसायिक क्षेत्रबाट राम्रो सफलता हात लाग्नेछ । किनमेल गर्दा अनावश्यक खर्च हुनसक्ने भएकाले आवश्यक सामानको लिस्ट बनाई बजार जानु उपयुक्त हुनेछ ।

कर्कट

पारिवारिक वातावरण सुखमय रहनेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका मिल्नेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनेछ । दिदीबहिनीसित कतै जाने मौका जुर्नसक्छ । कहिलेकाहीँ काम गर्दा मनमा द्विविधा हुनसक्छ । धैर्यपूर्वक आफूलाई उपयुक्त लागेको कार्य गर्नुहोला । दाम्पत्य जीवनमा कुनै कुरामा वैचारिक मतभिन्नता हुनसक्छ । राम्ररी बुझ्नेगरी आफ्नो विचार प्रस्तुत गर्नसके सम्भावित मतभेद टर्नसक्छ । आफ्नो स्वास्थ्य एवं व्यक्तिगत खुसीका लागि केही समय छुट्याउनुहोला ।

सिंह

सोचेअनुरूप काम सम्पन्न हुँदै जानेछन् । दाम्पत्य जीवन सोचेअनुरूप सुखमय रहनेछ । व्यापारिक क्षेत्रबाट राम्रो सफलता हात लाग्नेछ । कुनै कामविशेषले यात्रा हुनसक्छ । कुनै प्रतिस्पर्धात्मक कार्यमा सफल भइनेछ । पेटका बिरामीहरूले खानपानमा ध्यान पर्नुपर्नेछ । रक्तचापको मात्रामा पनि घटबढ हुनसक्ने भएकाले स्वास्थ्यका निमित्त केही समय छुट्याउनुहोला । आफूलाई सकेसम्म कुनै न कुनै काममा सक्रिय राख्नु नै हितकर हुनेछ ।

कन्या

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । मनमा भएको तनाव हटेर शरीर स्वस्थ रहनेछ । काम गर्ने उत्साह पनि बढ्नेछ । गरेको कार्यमा अपेक्षित सफलता मिल्नेछ । अग्रज एवं इष्टमित्रबाट राम्रो सद्भाव मिल्नेछ । प्रतिस्पर्धीहरू आफैं तर्किनेछन् । छोराछोरीबाट सन्तोष पाइनेछ । दाम्पत्य जीवन सुमधुर रहनुका साथै एक–अर्काप्रतिको माया र विश्वास अझ बढेर जानेछ । सोचेअनुरूप काम सम्पन्न गर्न पाउँदा मनमा प्रसन्नता बढ्नेछ ।

तुला

काम गर्ने जाँगर बढ्नेछ । मनमा कुनै नवीन कार्य गर्ने उत्साह जाग्न सक्छ । सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछन् । मित्रवर्गसित रमाइलो भेटघाट हुनसक्छ । विभिन्न व्यक्तिहरूलाई भेट्ने एवं चिनजान गर्ने मौका मिल्नेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि लाभ हुनेछ । व्यक्तिगत खुसी एवं स्वास्थ्यका लागि केही समय निकाल्न सके मन स्वस्थ एवं प्रसन्न रहनेछ ।

वृश्चिक

योजनानुरूप सबै काम सम्पन्न हुँदै जानेछन् । नयाँ एवं पुराना मित्रहरूसित भेटघाट गर्ने अवसर मिल्नेछ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । कहिलेकाहीँ काम गर्दा अनपेक्षित तनावको सामना गर्नुपरे पनि अन्ततः समस्याको समाधान भैहाल्नेछ । धैर्य र शान्त भई काम गर्दा काम सम्पन्न गर्न धेरै सजिलो हुनेछ । दाम्पत्य जीवनमा कतिपय कुरामा सामान्य मतभेद भए पनि अपेक्षित माया एवं सद्भाव कायमै रहनेछ । कसैकसैको नयाँ साथीसँग मित्रता गाँसिन सक्छ ।

धनु

गरेको कार्यमा अपेक्षित सफलता मिल्नेछ । नवीन रोजगारीको सम्भावना पनि रहेको छ । कुनै कामले यात्रा हुनसक्छ । सोचेअनुरूप सबै काम सहजरूपले सम्पन्न हुँदै जानेछन् । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । काम गर्ने पराक्रम बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । छोराछोरीबाट सन्तोष मिल्नेछ । इच्छानुरूप सबै कार्य सम्पन्न गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

मकर

सोचेअनुसार काममा सफलता पाउन केही दौडधूप गर्नुपर्नेछ । काम गर्दा आकस्मिक समस्या आउनसक्ने भएकाले धैर्य र शान्त रहनु नै लाभदायक रहनेछ । योजनाबद्ध ढंगले कार्य गरे सहज हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कुनै आकस्मिक उपहार मिल्नसक्छ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । टाउको एवं आँखा दुख्ने योग रहेकाले झिनामसिना कार्य गर्दा सजग रहनु होला । सकेसम्म आँखालाई भार पर्ने कार्य नगर्नु नै राम्रो हुनेछ ।

कुम्भ

पारिवारिक सुख मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । मनोरञ्जनात्मक कार्यतिर मन जानेछ । कसैकसैको कुनै कामविशेषले यात्रा हुनसक्छ । कहिलेकाहीँ सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । पेट एवं मुटुका बिरामीहरूले आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला ।

मीन

आकस्मिक उपहार प्राप्त हुनसक्छ । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । साथीसंगीसित भेटघाट गर्ने अवसर जुर्नेछ । चोटपटक लाग्ने सम्भावना भएकाले भान्सामा काम गर्दा एवं बाटोमा हिँडडुल गर्दा सतर्क रहनुहोला । सन्तानबाट सुख प्राप्त हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रो लाभ हुनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले राम्ररी विचार गरेर मात्र सामान किन्नुहोला । घरका कुनै सामग्रीमा हेरफेर हुनसक्छ ।

 Image