Successfully Copied

शिविर नम्बर चारमा अधिक प्रदूषण ः सगरमाथा आरोही डाक्टर भुसाल

सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदूषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर चारमा प्रदूषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन् ।

सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदूषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर चारमा प्रदूषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन् । एक, दुई, तीन नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उनले बताइन् । नेपालको पहिलो महिला चिकित्सकका रूपमा डाक्टर भुसालले वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीे थिइन् । कोभिड—१९ को लडाइ“विरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो । त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रोे लक्ष्य रहेको उनले बताइन् । ‘हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीका रूपमा समेत मैले सगरमाथा आरोहण गरेकी हुँ’ उनले पत्रकार सम्मेलनमा बताइन् । बाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्ने आदि काममा संलग्न भएकीले र पछिल्लो पटक फ्रान्स, स्विटजरल्यान्डलगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उनले बताइन् । सगरमाथा आरोहणका क्रममा डाक्टर भुसालका साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) का रूपमा फुर्बा थिले शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए । उनको आरोहण अभियानको नेतृत्व पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गरेका थिए । अलग प्रस¨मा उनले डाक्टरी पेसा र हिमाल अरोहणलाई अब सँगसँगै मिलाएर लैजाने योजना बनाएको बताइन् । हाल धापासीस्थित ग्रयान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डाक्टर भुसालको उच्च उचाइ तथा खेल चिकित्सक भएर बिरामीहरूको सेवा गर्ने लक्ष्य रहेको छ । सन् २०२२ को सेप्टेम्बर, अक्टोबर मनास्लु हिमाल र अमादब्लम शिखर चढ्ने योजना बनाएको उनले बताइन् । सगरमाथा चढिसकेको आरोहीले त्यो भन्दा साना शिखर चढ्ने लक्ष्य किन राख्नुभयो भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘८ हजार मिटरभन्दा अग्ला मनास्लुजस्ता हिमाल सबै आरोहीका लागि सधै चुनौती हुन्, साथै ६ हजार मिटर अग्लो अमादब्लम प्राविधिक शिखर भएकाले मैले यी हिमाल चढ्ने लक्ष्य लिएकी हुँ’ आफूले नियमित रूपमा शिखरहरू आरोहण गरेको खण्डमा आधार शिविरमा स्वास्थ्य शिविर संचालन गर्न सक्ने र त्यसको प्रत्यक्ष फाइदा अन्य आरोहीहरूले लिन सक्ने उनले बताइन् ।

 Image