Successfully Copied

‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल

अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘तिमी नै तिमी’ ‘मायालु साबुन’ ‘पानी पिउने’ ‘अञ्जानै’ मा लगायतका उनका चर्चित म्युजिक भिडियो हुन् । 

खानपान

मलाई नेपाली सादा खाना मनपर्छ । म त्यति फुड चुँजी छैन । जंकफुड खान मन लाग्दैन । माछामासु पनि कम नै खाने गरेको छु । कन्टिनेन्टल खानेकुरा चाहिँ मलाई अलि बढी मन पर्छ । खान पकाउन म जान्दिन र रुचि पनि लाग्दैन । आफैले बनाए भने ग्रिनसलाद र अम्लेट मीठो बनाउँछु । खानपानमा ध्यान दिइरहन्छु ।

फिटनेस 

फिटनेसप्रति पनि सचेत छु । बिहान दैनिक ४५ मिनेट एक्सरसाइज गर्ने गरेको छु । ब्याडमिन्टन खेल्छु र स्वीमिङ गर्छु । यसले पनि शरीरलाई फिट राख्न सहयोग पुर्‍याउँछ । हरेक व्यक्ति फिट रहनुपर्छजस्तो लाग्छ । धेरै समय नसके पनि दैनिक करिब एक घण्टा एक्सरसाइजका लागि समय छुट्याउन सके 

राम्रो हुन्छ । 

पहिरन

पहिरनमा ब्रान्ड कन्सस नै छु खर्च पनि बढी गर्छु । अन्तर्राष्ट्रिय ब्रान्ड एडिडास, पुमाका पहिरन लगाउँछु । ज्याकेट–जुत्ता फुटवेयरमा पनि म यिनै ब्रान्डलाई फलो गर्ने गरेको छु । ६ फिट १ इन्च हाइट भएकाले पनि मलाई विदेशी ब्रान्डमै सहज महसुस हुन्छ । मलाई सेतो र कालो रंग बढी मन पर्छ । पहिरन होस् या फुटवेयर कालो र सेतो बढी कलेक्सन बढी रहेको छ ।

स्किन केयर 

स्किन केयरमा पनि ध्यान दिन्छु । फेसप्याकका लागि म सैलुन गइरहन्छु । घरमा समय नहुने आफ्नो तरिकाले गर्न नसक्ने हुँदा सैलुनमै सहज लाग्छ । पानी प्रशस्त पिउँछु । एक्सरसाइजले पनि स्किन सफा राख्न मद्दत पुर्‍याउँछ । 

एसेसरिज 

एसेसरिजमा म रेवनको चस्मा लगाउँछु । मेरो चस्मा हराइरहन्छ । त्यसैले चस्मा धेरै किन्छु । घडीमा सोखिन छैन । अहिले ब्यान्ड लगाउने गरेको छु । चेनहरू पनि लगाउँछु । पहेंलो तथा सेतो कलरफुल चेन लगाउन मन पर्छ । 

 Image