Successfully Copied

सदाबहार स्न्याक्स

मखाना तिहारको भाइमसलामा मिसाइन्छ । यो मात्र खाँदा त्यति स्वादिलो नहुन सक्छ । पिनट बटर मखाना अत्यन्त स्वादिलो हुन्छ र बनाउन पनि धेरै समय लाग्दैन ।


पिनट बटर मखाना
मखाना तिहारको भाइमसलामा मिसाइन्छ । यो मात्र खाँदा त्यति स्वादिलो नहुन सक्छ । पिनट बटर मखाना अत्यन्त स्वादिलो हुन्छ र बनाउन पनि धेरै समय लाग्दैन ।


सामग्रीः मखाना–दुई सय ग्राम, पिनट बटर–एक चम्चा, चाट मसला–एक चम्चा, नुन स्वादअनुसार, घिउ आवश्यकतानुसार र पानी–एक कप ।


विधि ः कराहीमा दुई चम्चा घिउ हालेर तताउने । तातेपछि थोरै–थोरै मखाना हाल्दै भुटेर निकाल्ने । अर्को प्यानमा थोरै पानी हालेर उमाल्ने र ‘पिनट बटर’ हालेर घोल्ने । यो घोल धेरै पातलो वा धेरै बाक्लो हुनुहुँदैन । अब यसमा अघि भुटेको मखाना हालिदिने । यसमा नुन, चाटमसला पनि हालिदिने र राम्रोसँग चलाउने । ‘पिनट बटर’ मखाना खानका लागि तयार भयो । यसलाई स्टोर गरी केही दिनसम्म राम्रोसँग बन्द हुने बट्टामा राखेर पनि प्रयोग गर्न सकिन्छ ।

भान्टाको पकौडा
सामग्री ः भान्टा–एउटा, बेसन–पाँच चम्चा, नुन स्वादअनुसार, रातो खुर्सानीको धूलो–एक चम्चा, बेकिङ सोडा–एक चम्चा, आवश्यकतानुसार तेल ।


विधिः भान्टालाई राम्रोसँग पखालेर पातलो हुने गरी काट्ने । त्यसमा बेसन, नुन, खुर्सानीको धूलो, बेकिङ सोडा, तेल र पानी हालेर मुछ्ने । तेल तताएर अरु पकौडा बनाएजसरी तार्ने । भान्टाको पकौडा अचारसँग खान सकिन्छ ।

आलु टीका
सामग्री ः आलु–आधा किलो, दही–एक कप, धनियाँ पाउडर–आधा चम्चा, भुटेको जिराको धूलो–एक चम्चा, खुर्सानीको धूलो–एक चम्चा, अदुवा÷लसुनको पेस्ट–एक चम्चा, नुन स्वादअनुसार, बेसार–आधा चम्चा, गरम मसला–एक चम्चा, बेसन–एकचम्चा, चाट मसला–एक चम्चा, कागतीको रस–एक चम्चा र तेल आवश्यकतानुसार ।


विधिः सबैभन्दा पहिले आलुको बोक्रा निकालेर राख्ने । अर्को भाँडोमा दही र माथि तयार पारिएको मरमसला सबै हाल्ने । राम्रोसँग चलाएपछि पाँच मिनेटसम्म त्यत्तिकै छोडिदिने ।

पोटली समोसा
सामग्रीः तेल, सोफ–एक चम्चा, धनियाँ–एक चम्चा, उसिनेका आलु–चार वटा, गरम मसला–एक चम्चा, खुर्सानीको धूलो–एक चम्चा, नुन स्वादअनुसार, मैदा–दुई कप, ज्वानो–आधा चम्चा, पानी (पिठो मुछ्नका लागि) ।


विधिःमैदामा तेल, ज्वानो र नुन हालेर मुछ्ने । १५ मिनेटजति छोपेर राखिदिने । प्यानमा तेल तताएर धनियाँ, सोफ पड्काउने । उसिनेर मुछेको आलु हालेर मज्जाले चलाइदिने । त्यसपछि बाँकी तयार पारेको मसला हाल्ने । एकछिन सेलाउन दिने । अब साना डल्ला बनाउँदै रोटी बेल्ने । त्यसमा अघि पकाएको आलु हाल्दै पोटलीको जस्तो सेप दिने । तेल तताएर तार्ने, पोटली समोसा तयार भयो ।

तस्बिर– एजेन्सी

 Image