Successfully Copied

धेरैको रोजाइमा ‘बेन्टो प्याक’

अत्यधिक ‘बेन्टो प्याक’ का परिकार चिसै खान मिल्ने पनि हुन्छन् ।पूर्वी र दक्षिणपूर्व एसियाली पाक शैलीहरूमा यो सामान्य छ । विशेषगरी जापान, चिनियाँ, कोरियाली, सिंगापुर, ताइवानी व्यञ्जनहरू पछिल्लो समय विश्वभर लोकप्रिय छन् ।


आरबी बुढाथोकी
सेफ, सोल्टी होटल
युवापुस्तामा दिनहुँ स्वाद फेर्ने बानीका कारण ‘बेन्टो प्याक’ धेरैको रोजाइमा छ । शुद्ध शाकाहारी
(भेगान), शाकाहारी, मांसाहारी सबैका लागि यो उपयोगी छ ।



अझ समय र जाँगर हुनेहरूका लागि त रेस्टुरेन्टबाट अर्डर गर्नुपर्ने आवश्यकता पर्दैन । कार्यालय जा“दा ‘प्याक’ बोकेर जान मिल्ने र ‘लन्च’ वा खाजाको समयमा ‘माइक्रो’ गरेर खान मिल्छ । अत्यधिक ‘बेन्टो प्याक’ का परिकार चिसै खान मिल्ने पनि हुन्छन् ।पूर्वी र दक्षिणपूर्व एसियाली पाक शैलीहरूमा यो सामान्य छ । विशेषगरी जापान, चिनियाँ, कोरियाली, सिंगापुर, ताइवानी व्यञ्जनहरू पछिल्लो समय विश्वभर लोकप्रिय छन् ।

कसरी तयार गर्ने ?
आफू शुद्ध शाकाहारी वा मांसाहारी के हो त्यहीअनुसार यो प्याक बनाउन सकिन्छ वा रेस्टुरेन्टहरूमा ‘अर्डर’ गरेर खान सकिन्छ । ‘भेगान’ हो भने ‘बेन्टो प्याक’ मा ‘प्लान्ट बेस’का परिकार समावेश गरेर तयार गर्ने वा त्यहीअनुसार अर्डर गर्न सकिन्छ । थोरै राइस, एबोगाडो वा ‘बिन्स स्प्राउट’को सलाद, टोफु र फलफूल, अचार हालेर प्याक गर्न सकिन्छ ।

पास्ता, मिक्स ड्राइनट्स, फलफूल, दूधबिनाको कुनै मिठाईं प्याक लिन सकिन्छ । शाकाहारीले पनि सलाद, राइस, ब्ल्याक मसरुम, भेज सुसी, फलफूल मिलाएर प्याक बक्स बनाउन सकिन्छ ।
ननभेज अर्थात् मांसाहारीका लागि त धेरै विकल्प हुन्छन् । सलाद, चिकन, फिस वा अन्डा, राइस, नन भेज सुसी वा कुनै रोल हालेर सर्भ गर्न सकिन्छ । अधिकांश बेन्टो बक्स माइक्रो ओभनमा तताउन मिल्ने खालका हुने हुँदा तातो खानेका लागि पनि यो छिटो र स्वास्थ्यवद्र्धक परिकार हुन्छ ।

 Image