Successfully Copied

स्वस्थ परिकार

क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।



दीक्षा के.सी. (संचालक, फ्लेक्स फिट्नेस सेन्टर, नख्खु)
क्यावेज रोल

सामग्री ः
एउटा ठूलो बन्दागोभी
सय ग्राम उसिनेको चिकेन
सय ग्राम चीज
मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।
विधि ः
बन्दागोभीलाई सफा पानीले राम्ररी धोएर नरम नभएसम्म उमाल्ने । अर्को सफा भाँडामा अघि तयार पारिएको चिकेन, गाजर, मसरुम, हरियो प्याज, नुन र मरिच हालेर राम्ररी मोल्ने । यसरी तयार पारिएको सामग्रीलाई उमालेर नरम भएको बन्दागोभीको पातमा हालेर रोल गर्ने । त्यसलाई म.म. स्टिमरमा राखेर १५ देखि २० मिनेट स्टिम गर्ने । क्याबेज रोल अब तयार भयो । स्न्याक्सका रूपमा खान सकिने यो स्वस्थ र स्वादिष्ट परिकार जुनसुकै उमेर समूहका व्यक्तिका लागि उपयुक्त छ ।


चिकेन साँधेको

सामग्री ः
५ सय ग्राम उसिनेको चिकेन
दुई वटा मसिनो गरी टुक्रा पारिएको प्याज
दुई वटा ठूलो साइजको मसिनो गरी काटिएको गोलभेंडा
स्वादअनुसार मसिनो चप गरिएको हरियो खुर्सानी
सय ग्राम अदुवा–लसुनको पेस्ट
कोरेसोमा मसिनो पारिएको गाजर ५० ग्राम
दुई चम्चा चप गरेको हरियो धनिया“
आधा चम्चा कागतीको जुस
आधा ठूलो चम्चा नुन, बेसार र रातो खुर्सानीको धूलो
दुई चम्चा सनफ्लावर तेल
विधि ः
सर्वप्रथम चिकेनलाई १० मिनेटजति उमालेर सफा भाँडोमा राखेर चिसो हुन दिने । माथि उल्लेख गरिएका सम्पूर्ण सामग्रीलाई मसिनो आकारमा काटेर सफा र फराकिलो कचौरामा राख्ने । टुक्रा पारेर काटिएको उसिेनेको चिकेनमा मरमसला र कागतीको जुस राखेर मोल्ने । तातिरहेको कराहीमा सनफ्लावर तेल हालेर गोल्डेन ब्राउन नहुन्जेल चिकेनलाई चलाउ“दै पकाउने । जब चिकेन खैरो हुन्छ तब अघि तयार पारिएको सामग्री माथिबाट राखेर मज्जाले चलाउने । सम्पूर्ण मरमसला र सामग्री राम्ररी नमोलिएसम्म यसलाई बिस्तारै चलाउँदै कम आँचमा पकाउनुपर्छ । लो–क्यालोरीयुक्त यो परिकार स्न्याक्स मेन कोर्सका रूपमा खान सकिन्छ ।

 Image