Successfully Copied

ब्रेड दहीवाडा बनाउने तरिका

ब्रेड दहीवाडा लन्च वा डिनरपछिको डेजर्टका लागि उपयुक्त हुन्छ । यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै पोषण पनि दिन्छ ।


सामग्री ः
ब्रेड (पाउरोटी) चार पिस
दही दुई लिटर
प्याज दुईवटा
हरियो खुर्सानी दुईवटा
बिरेनुन एकचिम्टी
खुर्सानीको धूलो आधा सानो चम्चा
धनियाँको धूलो एक चम्चा
टोम्याटो सस आधा चम्चा
हरियो धनियाँका पात एक चम्चा
भुजिया एक चम्चा


विधि ः
छेउको भाग काटिएको चार वटा ब्रेडलाई ९–१० वटा स–साना पिस बनाएर प्लेटमा राख्ने । दहीलाई बाउलमा राखी एकचिम्टी नुन राखेर हल्का घोल्ने । घोलेको दहीलाई प्लेटमा राखेको ब्रेडको पिसमाथि ब्रेड डुब्ने गरी खन्याउने । त्यसमाथि खुर्सानीको धूलो स्वादअनुसार छर्किने । त्यसैगरी स्वादअनुसार बिरेनुन र धनियाँको धूलोपनि माथिबाट छर्किने । त्यसमाथि चपिङ गरिएको प्याज, हरियो खुर्सानी र हरियो धनियाँ राखिसकेपछि सबैभन्दा माथि अलिअलि भुजिया राखिदिने । मन परेको खण्डमा यसमाथि टोम्याटो सस राखेर पनि खान सकिन्छ । यत्तिकै खा“दा पनि यो परिकार स्वस्थ र स्वादिष्ट छ । तयार भएको ब्रेड दहीवाडा लन्च वा डिनरपछिको डेजर्टका लागि उपयुक्त हुन्छ । यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै पोषण पनि दिन्छ ।

सविता श्रेष्ठ ‘बेहोसी’ (साहित्यकार तथा समाजसेवी)


 Image