Successfully Copied

स्विट रेनबो मोक्टेल कसरी बनाउने ?

घरमै बनाउन सकिन्छ, स्विट रेनबो मोक्टेल ।


सामग्रीः गोब्लेट ग्लास, २० मिलिलिटर ग्रान्डाइन सिरप, ४५ मिलिलिटर सुन्तलाको जुस, २० मिलिलिटर ब्लुकराकायो, ५ देखि ७ वटा आइस क्युब, २० मिलिलिटर क्रेनबेरी जुस,


विधि–गोब्लेट ग्लास लिने । त्यसमा ग्रान्डाइन सिरप राख्ने त्यसमाथि सुन्तलाको जुस हाल्ने । त्यसपछि ब्लुकराकायोले लेयर निकाल्ने र क्रेनबेरी जुसको प्रयोग गरेर फेरी लेयर निकाल्ने । त्यसपछि सुन्तलाको स्लाइसले गार्निस गर्ने ।



हिमाल शाही, बार टेण्डर
महावीर प्यालेस, सोल्टीमोड

 Image