Successfully Copied

‘यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चितता’ पुस्तक सार्वजनिक

यौन तथा प्रजनन समस्याका विषयमा नेपालभरका समुदाय स्तरमै पुगेर के–कस्ता समस्या छन्, राज्य र सरोकारवाला निकायहरुले कसरी सम्बोधन गरेका छन् वा गर्नुपर्छ भन्ने विस्तृत जानकारी अभियान नामक यस पुस्तकमा समेटिएको छ ।


‘यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चितता’ सम्बन्धी फिचर समेटिएको ‘अभियान’ नामक पुस्तक सार्वजनिक भएको छ । सञ्चारिका समहुले सार्वजनिक गरेको उक्त पुस्तकमा सम्बन्धित समस्याको अवस्था, राज्य र सरोकारवाला निकायको भूमिकाको विषयमा केन्द्रित २० वटा फिचर सामग्री रहेका छन् । महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा केन्द्रित रहेर देशभरका २० जना पत्रकार महिलालाई लेखनवृत्ति प्रदान गरी फिचर सामग्री तयार पारिएको सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले बताइन् । नेपाली महिलाको सम्मानजनक बा“च्न पाउने अधिकारको सुनिश्चितताका निम्ति नीति, कार्यक्रम र कानूनलाई लैंगिक संवेदनशील बनाउन तथा नीति निर्माताहरुलाई सचेत र संवेदनशील बनाउन फिचर सामग्रीले दबाव दिने विश्वास पनि उनले व्यक्त गरिन ।
उनले भनिन्, ‘नेपाली महिलाको सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितताका निम्ति नीति, कार्यक्रम र कानूनलाई लैंगिक संवेदनशील बनाउन तथा नीति निर्माताहरुलाई सचेत र संवेदनशील बनाउन दबाव दिनको लागि पनि हामीले यो कार्य गर्ने जमर्को गरेका हौं । पत्रकार महिलालाई यहि पेशामा टिकाइराख्न र उनीहरुको लेखन क्षमता विकासका लागि समेत यसले सकारात्मक प्रभाव पार्नेछ ।’
यौन तथा प्रजनन समस्याका विषयमा नेपालभरका समुदाय स्तरमै पुगेर के–कस्ता समस्या छन्, राज्य र सरोकारवाला निकायहरुले कसरी सम्बोधन गरेका छन् वा गर्नुपर्छ भन्ने विस्तृत जानकारी अभियान नामक यस पुस्तकमा समेटिएको छ । पुर्वको कोशी, सुदुरपश्चिम र गण्डकी प्रदेश क्षेत्रका पत्रकार महिलालाई क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरेको र त्यसबाट छनौट भएकाहरुलाई आइपास नेपालको सहयोगमा लेखनवृत्ति दिईएको सञ्चारिकाकी महासचिव बसन्ती वास्तोलाले बताइन् । 

 Image