Successfully Copied

समर्पण कार्की बने ‘मिस्टर नेपाल–२०२३’

राजधानीमा आयोजित कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन् ।


विराटनगरका समर्पण कार्की मिस्टर नेपाल–२०२३ बनेका छन् । राजधानीमा आयोजित कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन् । उनलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिएका थिए । युवाको प्रेरणाको स्रोत बन्ने उद्देश्यसहित प्रतियोगितामा सहभागी भएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे । 

उनले नगद ५ लाख बराबरको उपहारसहित ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन् । समर्पण पेशाले पाइलट हुन् । यसैगरी काठमाडौंका निमेश कपाली फस्र्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा। विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप भएका थिए । अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेका थिए । प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेका थियो ।

 Image