Successfully Copied

तेस्रो महिला उद्यमी मेला सम्पन्न

ललितपुर महानगरपालिका र महिला विकास शाखाको संयुक्त आयोजनमा ‘तेस्रो महिला उद्यमी सम्मेलन–२०८०’ सम्पन्न भएको छ ।


काठमाडौं । ललितपुर महानगरपालिका र महिला विकास शाखाको संयुक्त आयोजनमा ‘तेस्रो महिला उद्यमी सम्मेलन–२०८०’ सम्पन्न भएको छ ।
‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ मुल नारा सहित उक्त मेला आयोजना गरिएको हो । महिला उद्यमीहरुबाट उत्पादित नेपाली उत्पादनलाई बजार विकास र प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको थियो । कुपण्डोल स्थित होटल हिमालयमा एक दिने मेलामा स्थानिय महिला उद्यमीहरु सहभागी भएका थिए । 

 Image