Successfully Copied

तीज महोत्सव ‘सृजनशील उद्यमी मेला’ आयोजना हुँदै

महिला श्रृजनशील केन्द्रको आयोजनामा हरेक बर्ष तीज महोत्सव हुने गर्दछ । आगामी भाद्र १५ देखी १७ गतेसम्म चल्ने मेलामा यसपटक गतबर्षभन्दा बिशेष आकर्षक कार्यक्रम, प्रस्तुती र स्टल रहने पत्रकार सम्मलेलन मार्फत जानकारी दिइयो ।


तीज महोत्सव–२०८० ‘सृजनशील उद्यमी मेला’ आयोजना हुने भएको छ । महिला श्रृजनशील केन्द्रको आयोजनामा हरेक बर्ष तीज महोत्सव हुने गर्दछ । आगामी भाद्र १५ देखी १७ गतेसम्म चल्ने मेलामा यसपटक गतबर्षभन्दा बिशेष आकर्षक कार्यक्रम, प्रस्तुती र स्टल रहने पत्रकार सम्मलेलन मार्फत जानकारी दिइयो । यस बर्षको तीज मेला २० औं संस्करण भएकाले बिशेष हुने आयोजक संस्थाकी अध्यक्ष मिलु थापाले बताइन । उनले भनिन–‘हामीले शायदै सोचेका थियौं २० बर्षसम्म आइपुगिएला भन्ने । तर प्रयास गर्दै जांदा उद्यमी दिदीबहिनी, प्रायोजक, सञ्चारमाध्यम लगायत सबैको साथ र सहयोगले यो सम्भव भयो । जो बिसौं बर्षदेखी हाम्रो साथमा हुनुहुन्छ उहांहरुका लागी यसपाली केही बिशेष गर्ने योजनामा छौं । २० बर्ष पुगेको उपलक्ष्यमा हामीले यसपटक स्थान परिवर्तन गरेर स्टार होटलसम्म पुग्न सफल भएका छौं । अझ पृथक रुपमा आउने तयारीमा छौं ।’

विगतका बर्षहरुमा यो महोत्सव युनाइटेड वल्र्ड ट्रेन्ड सेन्टर त्रिपुरेश्वर तथा भृकुटीमण्डपमा हुने गरेकोमा यस बर्ष भने मल्ल होटल लैनचौरमा आयोजना हुने भएको छ । गत बर्ष झैं यस बर्षपनि लत्ताकपडा, सौन्दर्य प्रसाधन, चुत्ताचप्पल ब्याग, गरगहना, हेण्डीक्राफ्ट, फर्निचर, बिभिन्न खाद्य पदार्थ, बैंक तथा बित्तिय संस्था लगायतका सय भन्दा बढी स्टल रहने र १० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने पत्रकार सम्मलेनमा जानकारी दिइयो । डाबर नेपाल र नबिल बैंकसँगको सहकार्यमा आयोजना हुन लागेको तीज महोत्सव–२०८० ‘सृजनशील उद्यमी मेला’ को अफिसियल मिडिया पार्टनरका रुपमा नारी मासिक रहंदै आएको छ । 

 Image