Successfully Copied

‘सृजनशील उद्यमी मेला’ २०८०

नेपाली महिला दिदीबहिनीको महान पर्व तीजको अवसरमा महिला सृजनशील केन्द्रले सृजनशील तीज मेला आयोजना गरेको छ । मेला भदौ १५ गते सुरु भएको थियो ।


नेपाली महिला दिदीबहिनीको महान पर्व तीजको अवसरमा महिला सृजनशील केन्द्रले सृजनशील तीज मेला आयोजना गरेको छ । मेला भदौ १५ गते सुरु भएको थियो । वाग्मती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, मिस नेपाल २०२३ सृच्छा प्रधान लगायतले संयुक्त रूपमा मेला उद्घाटन गरे ।  मेलामा लत्ताकपडा, सौन्दर्य प्रसाधन, जुत्ताचप्पल ब्याग, गरगहना, हेण्डीक्राफ्ट, फर्निचर, विभिन्न खाद्य पदार्थ, बैंक तथा बित्तिय संस्था लगायतका सय भन्दा बढी स्टल रहेको थियो ।



राईजिङ्ग नेपाल प्रा.लिको व्यवस्थापन तथा नबिल बैंक र नारी मासिकको सहकार्यमा भएको डाबर वाटिका तीज मेलाको २० औं संस्करण हो । दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा चलिरहेको उक्त मेलाको आज अन्तिम दिन हो ।

 Image