Successfully Copied

आरबी डायमण्डको नयाँ लोगो सार्वजनिक

२७औं वार्षिकोत्सवको अवसर पारेर नयाँ लोगो सार्वजनिक गरिने आरबी डायमन्ड ज्वेलर्सले जनाएको छ । सोही अवसरमा नयाँ ब्रान्ड एम्बेसडर पनि घोषणा गरिने ज्वलेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


आरबी डायमन्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक गरेको छ ।
२७औं वार्षिकोत्सवको अवसर पारेर नयाँ लोगो सार्वजनिक गरिने आरबी डायमन्ड ज्वेलर्सले जनाएको छ । सोही अवसरमा नयाँ ब्रान्ड एम्बेसडर पनि घोषणा गरिने ज्वलेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आरबी डायमण्ड हिराको गरगहना उत्कृष्ट कलाकृति, गुणस्तरको लागि प्रख्यात छ । हिरा आभूषणको यो यात्रामा उत्कृष्टता र नवीनताको एक महत्वपूर्ण कोसेढुङ्गा साबित भएको आरबी डायमण्ड ज्वेलर्सले नयाँ लोगोको सार्वजनिक गर्ने भएको छ ।
त्यससँगै रेहान श्रेष्ठलाई नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्ने आरबी डायमन्डले जनाएको छ । उनी चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका प्रमुख व्यक्ति हुन् ।

आरबी डायमन्डले ३० मार्च २०२४ मा एक ज्वेलरी फेसन शो पनि आयोजना गर्ने भएको छ । आरबी डायमण्डले ब्रान्डको उत्कृष्ट शिल्प कौशल, नवीन डिजाइनहरू र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई हाइलाइट गर्दै आरबी डायमण्डका नयाँ कलेक्सन्सहरु प्रदर्शन गर्नेछ ।
ज्वलेर्सका अनुसार फेसन शोमा बलिउडकी ग्ल्यामरस स्टार ज्याकलिन फर्नान्डिजले शो स्टपरको भूमिका निर्वाह गर्नेछिन् । कार्यक्रममा किम गुडबर्न शो ओपनरको रूपमा रहनेछन् उनले ारबी डायमण्डको पुरुषका कलेक्सनहरु प्रस्तुत गर्नेछन् । 

 Image