Successfully Copied

बालबालिकासँग कुमुद

चितवनमा जन्मिएकी कुमुद छत्कुली भट्टले स्कुले शिक्षा सिद्धार्थ वनस्थली स्कुल काठमाडौंबाट प्राप्त गरेकी हुन्।

चितवनमा जन्मिएकी कुमुद छत्कुली भट्टले स्कुले शिक्षा सिद्धार्थ वनस्थली स्कुल काठमाडौंबाट प्राप्त  गरेकी हुन्। बीबीएस,  स्नातकोत्तर हुँदै सफ्टवेयर इन्जिनियरिङको अध्ययन पूरा गरेकी कुमुद हाल हाइड एण्ड सिक मन्टेश्वरीको व्यवस्थापनमा व्यस्त छिन्। सिर्जनशील स्वभावकी कुमुदले ६ वर्षे जापान बसाइका क्रममा मिक्की इन्टरनेसनलमा अध्यापन गरिन्। साधारण शिक्षिकबाट अध्यापन प्रारम्भ गरेकी भट्टको कामकै कारण सुपरभाइजर पनि बनाइयो। त्यसपछि उनले सिंगापुरमा उनले तालिम लिनुका साथै अध्यापन पनि गरिन्। नेपाल र्फकिएपछि उनले एनएमटिसीमा तालिम लिएर रोजवर्ड स्कुलमा प्रि-प्राइमरी इन्चार्जको हैसियतमा काम गरिन्। लामो अनुभव तथा अन्तर्राष्ट्रिय तालिमका कारण आफैं केही गर्नुपर्छ भनेर उनले आफ्नै लगानीमा हाइड एण्ड सिक प्रि स्कुल स्थापना गरिन्। बालबालिकाहरूको जीवनको सबैभन्दा महत्वपूर्ण समय ६ वर्षसम्मको उमेर भएकाले उनीहरूको हेरचाहमा विशेष ध्यान दिनुपर्छ भन्ने कुमुद दुई सन्तानकी आमा हुन्। कुमुद भन्छिन्,'मन्टेश्वरी स्कुल बालबालिकाहरूलाई स्वागत गर्न योग्य हुनुपर्छ। बालबालिकाहरू भनेका गिलो माटो हुन्, जस्तो बनायो त्यस्तै हुन्छन्।'

सफल आमा केशरी

बौद्धिक अपाङ्गता भएकाहरूको झन्झटिलो बानीले सुवर्ण केशरी चित्रकारलाई कुनै दिक्दारी हुँदैन। बरु उनी त्यस्ता सन्तानको त्यही हाउभाउमा रमाउँछिन्। काठमाडौं महानगरपालिका-१ सेतो ढोकामार्ग (जमल) की ७१ वर्षीया सुवर्ण केशरी चित्रकार जमानामै बी.एस.सी. उत्तीर्ण बौद्धिक अपाङ्गता अभिभावक राष्ट्रिय संघकी अध्यक्ष तथा अपाङ्गका आमाहरूको प्रयासमा स्थापित सुनगाभा व्यावसायिक तालिम केन्द्र्रकी संस्थापक हुन्। उनकी दोस्रो सन्तानका रूपमा जन्मिएकी छोरी अपाङ्ग छिन्। अपाङ्ग छोरी जन्मिएका कारण थुप्रै सामाजिक अड्चन र अपमान सहेकी सुवर्ण अपाङ्ग छोरीकै लागि गरिरहेको आकर्षक जागिर त्यागेर सामाजिक काममा होमिएकी हुन्। बौद्धिक अपाङ्गता भएकी ३३ वर्षीया छोरी लचनासहित तीन सन्तानकी आमा सुवर्णले अन्य अपाङ्ग र उनीहरूका आमालाई समेट्दै खोलेको सुनगाभामा अहिले २५ वर्षभन्दा माथिका १६ जना बौद्धिक अपाङ्गता भएका छोरीहरूलाई एकै ठाउँमा राखेर जीवन बाँच्ने कला सिकाइन्छ। बौद्धिक अपाङ्गहरूका लागि संरक्षण केन्द्र स्थापना गर्न भवन निर्माणमा जुटेकी केशरी जीवन रहुन्जेल समाजसेवामै समर्पित हुने प्रण गर्छिन्।

उदाहरणीय लैला

लैलाको जमानामा त्यति छिटो विवाह गर्ने चलन पुरानो भैसकेको थियो तर संयोगवश उनको विवाह १८ वर्षको कलिलै उमेरमा भोजपुरका सुरेन्द्र श्रेष्ठसँग भयो। दुई सन्तानकी आमा ३६ वर्षीया लैला श्रेष्ठ तमाम नेपाली महिलाका लागि त्यस्ती उदाहरण हुन् जसले विवाह र बालबच्चापछि पनि आफ्नो करिअरलाई उचाइमा पुर्‍याइन्। खाँदबारीका बालकृष्ण र तुमला श्रेष्ठका ४ सन्तानमध्ये लैला एकमात्र छोरी हुन्। एस.एल.सी. पछि नर्सिङ पढ्न फर्म ल्याएकी लैलाले त्यतिबेलाको बन्दका कारण फर्म बुझाउन नपाएपछि नेपाल इन्जिनियरिङ क्याम्सतर्फ हान्निइन्। त्यहीँबाट उनले आर्किटेक्टमा बी. आर्क. सिध्याइन्। सानैदेखि सरसफाइ र सजावटमा रुचि भएकी लैला अन्तत: त्यस्तै पेसामा आबद्ध भइन्। मेहनत, लगनशीलता एवं धैर्यलाई सफलताको सूत्र मान्ने लैला रेसिडेन्सियल डिजाइनमा पारंगत छिन्। श्रेष्ठ भन्छिन्-विवाह र बालबच्चाका कारण करिअर बिगि्रन्छ भन्ने कुरामा विश्वास छैन। सफलता भन्ने कुरा आफ्नो परिश्रम र परिवारको प्रेरणामा निर्भर रहन्छ। ३ वर्ष नपुग्दै छोरा च्यापेर स्नातक तह पूरा गरेकी लैला अहिले आफ्ना २ वटा आर्किटेक्ट फर्म र संचयकोषसँगको काममा व्यस्त छिन्। धितो भ्यालुयसनमा तिक्ष्ण दिमाग भएकी उनीसँग सुन्दर डिजाइन गर्ने सिर्जनशिल हात छन्।

 

 

 Image