Successfully Copied

कस्तो क्रिम लगाउने ?

स्किन चार प्रकारका हुन्छन्–ड्राई स्किन, ओइली स्किन, कम्बिनेसन स्किन र नर्मल स्किन । आफ्नो छालाअनुसार क्रिम छनोट गर्नुपर्छ ।

डा. शिष्टता राजभण्डारी

फेलोसिप डर्माटोसर्जरी, दर्पण स्किन केयर,


कस्तो सन्स् क्रिम लगाउने भन्ने कुरा मौसम र कस्तो कोठामा बस्ने गरेको छ भन्नेमा भर पर्छ । बजारमा धेरै प्रकारका क्रिम पाइन्छन् । स्किनअनुसार ती क्रिमहरू छनोट गर्नुपर्ने हुन्छ । हाम्रा स्किन चार प्रकारका हुन्छन्–ड्राई स्किन, ओइली स्किन, कम्बिनेसन स्किन र नर्मल स्किन । आफ्नो छालाअनुसार क्रिम छनोट गर्नुपर्छ ।

स्किन थाहा पाउने तरिका

बिहानै उठेर मुख धोएपछि आधी घण्टा त्यसै छोडिदिनुपर्छ । त्यसपछि छालामा कस्तो हुन्छ सोहीअनुसार आफ्नो स्किनबारे थाहा पाउन सकिन्छ । यदि नाक र निधारमा तेल निस्कन्छ भने त्यो ‘ओइली स्किन’ मा पर्छ । छाला सुख्खा भएमा त्यो ‘डाई स्किन’ भनेर बुझ्नुपर्छ । यसैगरी, ‘कम्बिनेसन’ भनेको ड्राई र ओइलीको मिस्क हो । क्रिम वा मोस्चराइजर लगाउ“दा नकारात्मक प्रभाव वा अनुहारमा रातो–फुस्रो देखिए त्यो ‘सेन्सेटिभ स्किन’ हो ।

क्रिमको ‘बेस’ फरक–फरक

बजारमा पाइने क्रिमहरूको ‘बेस’ फरक–फरक हुन्छ । ‘क्रिम लोसन’ र ‘जेल–बेस’ मा पाइन्छन् । ‘ओइली स्किन’ का लागि ‘जेलबेस’ उपयुक्त हुन्छ । ‘लोसन बेसन’ को चाहिँ ‘नर्मल स्किन’ का लागि उपयुक्त हुन्छ ।

‘सन्स्–क्रिम’ को ‘एसपीएफ’ छनोट उमेरअनुसार बढाउँदै लानुपर्छ भन्ने भ्रम छ । तर, त्यस्तो हुँदैन । घामबाट बच्न ‘सन्स्–क्रिम’ को प्रयोग गर्ने हो । बढी घाममा काम गर्नुपर्ने र घाममै बाहिर हिँड्नुपर्ने भए बढी ‘एसपीएफ’ भएको क्रिम लगाउनु उपयुक्त हुन्छ । घाममा निस्कदा चाँया–पोतो आउने समस्या छ भने त्यसमा पनि बढी ‘एसपीएफ’ भएको क्रिम लगाउनुपर्छ । घाममा निस्कन नपर्ने हो भने सामान्य रूपमा ‘एसपीएफ’ १५ देखि ३० सम्मको प्रयोग गर्दा राम्रो हुन्छ । 

चिकित्सकसँग परामर्श आवश्यक

धेरैजनाले बजारमा हल्लाको भरमा आफूखुसी क्रिम छनोट गर्ने गरेको पाइन्छ । अनुहारमा कुनै समस्या देखिए सीधै डाक्टरकोमा पुग्ने चलन छैन । धेरैतिर उपचार गरी निको नभएपछि मात्र चिकित्सकसँग परामर्श लिने चलन पुरानै हो । यसले गर्दा छाला बिग्रिसकेको पनि हुनसक्छ । त्यसकारण छाला वा अनुहारमा कुनै पनि समस्या आए चिकित्सकलाई नै प्राथमिकता दिनुपर्छ । चिकित्सकसग परामर्श गर्नु उपयुक्त हुन्छ ।

 Image