Successfully Copied

समय बचत गर्न परमानेन्ट मेकअप

परमानेन्ट मेकअप भनेको मेकअप जस्तै देखिने डिजाइनको रचना गर्नु हो । जसमा सुईको सहायताले पिगमेन्ट डिपोजिट गरिन्छ । जुन छालाको बाहिरी लेयरमा गरिन्छ ।


दैनिक मेकअप गर्न झन्झट लाग्छ ? कहिलेकाहीँ मनमा मेकअप गर्नै नपरे हुन्थ्यो वा एकपटक गरेपछि सधै यस्तै रहोस् भन्ने चाहना छ ? यदि यस्तै सोच्नुहुन्छ भने अब ढुक्क हुनुहोस् । एकपटक मेकअप गरिसकेपछि दैनिक मेकअप गर्नुपर्ने झन्झट हुँदैन । पछिल्लो समय परमानेन्ट मेकअप टे«न्डमा छ । यसै विषयमा हिसी मेकअप स्टुडियोकी प्रमुख कार्यकारी अधिकृत एवं परमानेन्ट मेकअप आर्टिस्ट रोजी श्रेष्ठसँग गरिएको कुराकानीमा आधरित अंश ।

के हो परमानेन्ट मेकअप ?
परमानेन्ट मेकअप भनेको मेकअप जस्तै देखिने डिजाइनको रचना गर्नु हो । जसमा सुईको सहायताले पिगमेन्ट डिपोजिट गरिन्छ । जुन छालाको बाहिरी लेयरमा गरिन्छ । यसमा प्रयोग हुने पिगमेन्ट (मसी) प्रमाणित र शत प्रतिशत सुरक्षित हुन्छ । त्यसैले यसको साइड इफेक्ट हुँदैन । दुईदेखि चार दिनपछि अझ गाढा हुँदै जान्छ । पूरै रंग आउनलाई १५ देखि २० दिन पर्खनुपर्छ ।


परमानेन्ट मेकअप गर्दा दुख्छ ?
धेरैलाई परमानेन्ट मेकअप गर्दा सुईको प्रयोग गरिने भएकाले दुख्छ भन्ने लाग्छ । तर सहनै नसक्ने गरी दुख्दैन । राउन्ड न्यानो निडलको प्रयोग गरिने भएकाले बीबी ग्लो गर्दा पटक्कै दुख्दैन । यसका ९६ वटा स–साना सुईहरू हुन्छन् जसले गर्दा पे्रसर एरिया धेरै हुन्छ र दुखाइ हुँदैन । आइब्रो र आइलाइनर गर्दा हल्का कसैकसैलाई दुखाइको अनुभव हुन सक्छ । ओठ संवेदनशील हुने भएकाले हल्का दुखाइ हुन्छ । परमानेन्ट मेकअप ट्याटुभन्दा फरक हुन्छ । त्यसैले ट्याटु हान्दा जस्तो दुखाइ भने हुँदैन । बीबी ग्लोदेखि बाहेक मेकअप सुरु गर्दा नमिङ क्रिम एप्लाई गरेर सुरु गरिन्छ र मेकअपको दौरान पनि एन्टी इम्प्लामेटरी लिक्विड लगाउँदै गरिने भएकाले सहनै नसक्ने दुखाइ भने हुँदैन ।

कति सुरक्षित ?
मेकअपका दौरान प्रयोग हुने सुई सुरक्षित छ । सबै सामग्री जीवाणुरहित बनाइएका प्रयोग गरिन्छ । सरसफाइमा पूर्णरूपमा ध्यान दिइन्छ । हातमा पञ्जा लगाएर, सेनिटाइजरको प्रयोग गरिन्छ । सेवाग्राही मधुमेहका रोगी भएमा गर्न मिल्दैन । त्यस्तै अन्य कुनै गम्भीर रोग लागेको भए चिकित्सकको परामर्शविना गरिँदैन । अरु कुनै संक्रमण हुने डर पनि हुँदैन ।

परमानेन्ट आइब्रो र त्यसका प्रकार
परमानेन्ट आइब्रो तीन प्रकारका हुन्छन् । माइक्रो सेडिङ, माइक्रो ब्लेडिङ र कम्बिनेसन आइब्रो । माइक्रो सेडिङमा आइब्रोलाई पेन्सिलले कोरेजस्तो देखाउने विधि हो । माइक्रो ब्लेडिङ हेयर स्ट्रोक गर्ने विधि हो भने कम्बिनेसन आइब्रो भनेको यी दुईवटा विधि एकैपटक गरिने विधि हो ।


परमानेन्ट आइब्रो कसले गर्ने ?
जो एकदमै व्यस्त भएर आइब्रो बनाउने फुर्सद हु“दैन उनीहरूले गर्न सक्छन् । जसको आइब्रो एकदमै पातलो छ, रौं कम छन् भने उनीहरूका लागि एकदमै उपयुक्त हुन्छ । कसैकसैलाई उमेर बढ्दै जा“दा आइब्रो कोर्न गाह्रो हुन्छ, जसलाई आइब्रो सेप मिलाउन आउँदैन, कस्मेटिक एलर्जी हुन्छ उनीहरूलाई उपयुक्त हुन्छ ।

परमानेन्ट आइब्रोपछिको हेरचाह
परमानेन्ट आइब्रो गरिसकेपछि ४८ घण्टासम्म पानी पार्नुहुँदैन । अनुहार धुँदा अलि बढी नै सावधानी अपनाउनुपर्छ । ७२ घण्टासम्म त्यस भागमा माथिबाट मेकअप गर्नुहु“दैन र आइब्रोको भागवरिपरि मोस्चर राख्नुपर्छ । स्टुडियोबाट दिएको एन्टिबायोटिक दिनमा दुई पटक सफा हातले अप्लाई गर्नुपर्छ । यसले संक्रमण हुने डर हुँदैन । परमानेन्ट मेकअप गर्नेबित्तिकै छाला संवेदनशील छ भने त्यो भागमा रातो हुने, सुन्निने सम्भावना हुन्छ । परमानेन्ट मेकअप गर्दा सुईको प्रयोग गरिएको हुनाले तीन–चार दिनपछि त्यस भागमा घाउको जस्तो पाप्रा निस्केजस्तो देखिन थाल्छ । त्यस समयमा हल्का चिलाउने हुन्छ । चिलाएको बेला कोट्याउने, कन्हाउने गर्नुहुँदैन । स्टुडियोबाट दिएको औषधि नियमित लगाएमा सात दिनभित्र आफै हराएर जान्छ ।

परमानेन्ट मेकअपको फाइदा
दैनिक मेकअप गर्ने झन्झटबाट मुक्त भइन्छ । बीबी ग्लो, आइब्रो, आइलाइनर र लिपिस्टिक एकैपटक गर्दा कतै निस्कन परे अनुहारमा मोस्चराइजर र सनस्क्रिन क्रिम मात्र लगाए हुन्छ । परमानेन्ट मेकअप गर्न धेरै समय लाग्दैन । एक घण्टामै आइब्रो बनाउन सकिन्छ । अन्य मेकअपका लागि पनि एक घण्टा मात्रै लाग्छ । आइब्रो र लिपिस्टिकका लागि दुईवटाको सेसन गर्नुपर्छ । एकपटक मेकअप गरेपछि दुई वर्षसम्म ढुक्क हुन्छ । दुई वर्षपछि फिका हुँदै जान्छ । किनभने यो ट्याटुजस्तो गहिराइमा नजाने भएकाले फिका हुन्छ । छालाअनुसार कसैको चाँडै फिका हुन्छ भने कसैको धेरै समयसम्म बस्छ । कम्तीमा एक वर्षको ग्यापमा फेरि टचअप गर्नुपर्छ ।
परमानेन्ट मेकअप आइब्रो, लिपिस्टिक, आइलाइनर र बीबी ग्लो गरिन्छ । परमानेन्ट मेकअप गर्दा दक्ष आर्टिस्टबाट गराउनुपर्छ । किनभने एकपटक बिग्रिएपछि यसलाई मेट्ने भनेको लेजर थेरापी मात्र हो ।

 Image