Successfully Copied

जाडोमा नङको सुरक्षा

जाडोयाममा नङ भा“चिने, टुट्ने, नङसिरी भित्र पीडा हुने, नङको छेउछाउमा सुन्निएर दुख्ने समस्या देखा पर्छन् ।


मीरा राउत (सञ्चालक, द सलुन हेयर एण्ड व्युटी, महाराजगञ्ज)

चिसो मौसममा देखिने नङसम्बन्धी समस्या के–के हुन् ?

जाडोयाममा नङ भा“चिने, टुट्ने, नङसिरी भित्र पीडा हुने, नङको छेउछाउमा सुन्निएर दुख्नेसमस्या देखा पर्छन् ।

के कारणले यस्तो हुन्छ ?
बढी चिसो र शरीरमा पानीको मात्रा कम हु“दा यस्ता समस्या देखा पर्छन् । अर्को कुरा जाडो भयो भनेर हामीले सधै हातमा पञ्जा लगाइराख्छौं, त्यसले नङ भा“चिने र टुट्ने समस्या निम्त्याउन सक्छ ।



यसको समाधान के छ ?
मूल कुरा त शरीरलाई तातो–न्यानो राख्नुपर्छ । शरीरमा पानीको मात्रा घट्न दिनुहु“दैन । बढी पञ्जाको प्रयोग गर्नुहु“दैन । बेलाबेलामा नङका मृतकोशिका (डेड क्युटिकल्स) निकालिरहनुपर्छ । प्रशस्त मात्रामा झोलिला खानेकुरा, पौष्टिक आहार, नेल पेन्टस, नेल कटिङ, नेल मोस्चराइजिङ, नेल मसाज आदि यस्ता समस्या समाधान गर्ने उपाय हुनसक्छन् । अर्को कुरा रसायनयुक्त प्रसाधनको प्रयोगले पनि नङलाई असर पु¥याउनसक्छ ।
यो मौसममा नङलाई सुन्दर र आकर्षक बनाउन के गर्ने ?
राति सुत्नुअघि प्राकृतिक प्रसाधन वा नरिवलको तेल, ओलिभ ओयलले ह्यान्ड मसाज गर्दा नङको वरिपरि पनि ५ देखि १० मिनेट मज्जाले मसाज गर्ने । यो मौसममा स्थायी नेल पेन्टद्वारा पनि नङलाई सुन्दर देखाउन सकिन्छ । यसो नगर्ने हो भने राम्रो ब्रान्डको नेलपोलिस लगाउन सकिन्छ । बेला–बेलामा नेल ट्रिम गर्नु भनेको नङलाई आकर्षक बनाउने मात्रै होइन स्वास्थ्यका दृष्टिले पनि राम्रो हुन्छ । यो चिसोमा बढी लामो नङ पाल्नुभन्दा पनि मिडियम वा ओभल सेपमा सर्ट नङ राख्दा राम्रो देखिन्छ । 

 Image