Successfully Copied

प्रिया मिस एरोमा चितवन

१२ जना प्रतिस्पर्धीलाई पछि पार्दै पूर्वि चितवनकी १९ बर्षिया प्रिया शर्मा ‘मिस एरोमा चितवन २०१७’ भएकी छन् । उनले उपाधीसंगै ५० हजार नगद हात पारिन ।

१२ जना प्रतिस्पर्धीलाई पछि पार्दै पूर्वि चितवनकी १९ बर्षिया प्रिया शर्मा ‘मिस एरोमा चितवन २०१७’ भएकी छन् । उनले उपाधीसंगै ५० हजार नगद हात पारिन । शनिवार भएको फाइनल प्रतिस्पर्धाबाट फस्ट रनर अप चनौलीकी १७ बर्षिया दिक्षा लामा र सेकेण्ड रनर अप नारायणगढकी १८ बर्षिया अनुशा श्रेष्ठ भईन । दुबैले क्रम:श २० हजार र १० हजार नगद पुरस्कार पाए । 

मञ्जरी ग्रुपले आयोजना गरेको प्रतियोगिताको अडिसनमा ८० जना सहभागि भएका थिए । कार्यक्रमको निर्णायक मिस्टर नेपाल २०१५ का सन्दिप पोखरेल थिए । कोरियोग्राफीको काम भने प्रज्ञा तिवारीले गरेकी थिइन । कार्यक्रममा मिस लुम्बिनी खुश्बु क्षेत्री, मिस माडी सुस्मा गुरुङलाई सम्मान समेत गरिएको मञ्जरी ग्रुपका अध्यक्ष विशाल एज आलेले बताए । 

 Image