Successfully Copied

मौसमअनुरूप फेसनशैली अपनाउन जरुरी

क्याजुअल वेयरमा भने सुतीको पहिरन उपयुक्त भए पनि पार्टी वेयरमा ब्लेन्डेड फाइबर नै उपयुक्त हुन्छ । शुद्ध कटनमा धूलो, पानी, फोहोरको दाग चाँडै बस्छ ।


नेपालमा मौसमअनुरूप पहिरन शैली अपनाउने कमै हुन्छन् । धेरैलाई कुन मौसममा कस्तो पहिरनको छनोट गर्नुपर्छ भन्ने ज्ञानको अभाव भएको देख्छु । जुनसुकै मौसस होस् जोसँग जे पहिरन छ त्यही पहिरन नै लगाउने चलन छ । तर ट्रेन्डलाई, ब्रान्डलाई भने सबैले पछ्याउँछन् । मौसमअनुसार पहिरनको छनोट गरेमा सहज त हुन्छ । क्याजुअल वेयरमा भने सुतीको पहिरन उपयुक्त भए पनि पार्टी वेयरमा ब्लेन्डेड फाइबर नै उपयुक्त हुन्छ । शुद्ध कटनमा धूलो, पानी, फोहोरको दाग चाँडै बस्छ । त्यसैले ब्लेन्डेड फाइबरको प्रयोग गर्नुपर्छ । पछिल्लो समय लेहेंगाभन्दा गाउन ट्रेन्डमा छ । दुलहीले भने लेहेंगा नै खोज्छन् तर अन्य पार्टीका लागि भने लेहेंगामा झुकाव कम भइरहेको छ । गाउन लाइक्रा फेब्रिक सहज र राम्रो हुन्छ । साथै धेरै महँगो पनि पर्दैन ।
हामी धेरैले पश्चिमा फेसन शैलीलाई पछ्याइरहँदा नेपालमै उत्पादन भएका फेब्रिकहरूलाई भने बेवास्ता गरिरहेका छौं । नेपाली फेब्रिक, टेक्सचरलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सकिएमा अझ धेरै राम्रो हुने थियो । यस्ता फेब्रिक आरामदायक र सहज हुन्छन् । धेरैलाई नेपालमा बन्ने फेब्रिक महँगो हुन्छ भन्ने सोचाइ छ जुन एकदमै गलत हो । अल्लो, बेम्बो, हेम्पजस्ता फेब्रिकको मूल्य नेपाली बजारमा मिटरको १ सय ५० रुपैयाँ पर्छ भने रेबन जस्ता ब्लेन्डेड फेब्रिकको मूल्य मिटरको तीन सयभन्दा माथि पर्न जान्छ । 

 Image