Successfully Copied

पूजा प्राख्रिन बनिन् ‘मिसेस भोग नेपाल’

‘हाउस अफ फेसन’द्धारा बुधवार सााझ काठमाडौंमा आयोजना गरिएको प्रतियोगितामा थुपै बिधामा अवार्ड प्रदान गरिएको थियो ।

तस्बिर -महेशमान प्रधान

‘मिसेस भोग नेपाल’को उपाधि पूजा पाख्रिनले जितेकी छन् । उनले आफ्ना ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि हासिल गर्न सफल भएकी हुन् । उनले यो उपाधिसंगसंगै उनले ‘मिसेस भोग मोस्ट स्टाइलिष्ट’ र ‘मोस्ट फोटोजेनिक’ को उपाधि जितिन् । प्रतियोगितामा आकृति श्रेष्ठले फस्ट रनर्स अपको उपाधि संगसंगै ‘मोस्ट इन्टेलिजेन्ट’को अवार्ड जितेकी छन् भने मनिला लामिछाने सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । यसका साथै लामिछानेले ‘मिसेस ग्लोइङ स्किन’ तथा ‘बेस्ट परफर्मेन्स’को अवार्ड पनि जितिन् ।

‘हाउस अफ फेसन’द्धारा बुधवार सााझ काठमाडौंमा आयोजना गरिएको प्रतियोगितामा थुपै बिधामा अवार्ड प्रदान गरिएको थियो । प्रतियोगितामा १२ बिबाहित महिलाहरुबीच प्रतिस्पर्धा भएको थियो । संस्थाकी प्रमुख ओशिमा बानुले महिला सशक्तिकरणलाई उत्सवको रुपमा मनाउन यो प्रतियोगिता आयोजना गरिएको बताइन् । उनका अनुशार प्रतिस्पर्धीहरुलाई प्रशिक्षणको क्रममा र्याम्प, वाक, व्यक्तित्व विकास संगसंगै जीवनोपयोगी शिक्षा प्रदान गरिएको थियो ।


 Image