Successfully Copied

आईसी डिजाइनर रनवे (फोटोफिचर)

फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आईसी डिजाइनर रनवे १३’ नामक फेसन सो शुक्रबार आयोजना गरिएको छ ।


काठमाडौं । फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आईसी डिजाइनर रनवे १३’ नामक फेसन सो शुक्रबार आयोजना गरिएको छ । आईसी कलेजले आयोजना गरेको फेसन सोमा जेन दीपिका गारेट, प्रियंका कार्की, नीति शाह, अश्मी श्रेष्ठ, मेलिना जोशी, प्रियंकारानी जोशी, समर्पणजंग कार्की, सविता कार्की लगायतका सेलिब्रेटीले फेसनमा नयाँ डिजाइन प्रस्तुत गरेका छन् ।
होटल याक एण्ड यतिमा आयोजना भएको सोमा उक्त फेसन शोमा भारत, रुस, सर्विया लगायत मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहने शोको व्यवस्थापन जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले निर्वाह गरेको थियो ।
शोमा आईसी कलेजका २०२१ ब्याजका ७३ विद्यार्थी डिजाइनरले तयार पारेका भिन्न पहिरन १५ सिक्वेलमा प्रस्तुत प्रस्तुत गरिएको थियो ।

 Image