Successfully Copied

–तनाव नै रोगको मूल कारण हो ।

–टाउको दुख्नु, आधा टाउको दुख्नु, केश झर्नु, केश फुल्नु, छाला चाउरिनु, अनुहारमा ओज–तेज नरहनु, शरीरमा ग्यासको समस्या देखा पर्नु, चिनी रोग लाग्नु, उच्च रक्तचाप, न्यून रक्तचाप एवं क्यान्सर आदि सबै रोगको मूल कारण नै तनाव हो ।

–घरकी नारी तनावमुक्त भए मात्र घरका अरू सदस्य स्वस्थ हुन सक्छन् । 

–तनाव कम गर्न वा हटाउन आहारको महत्वपूर्ण भूमिका हुन्छ ।

–मेरो स्वास्थ्य मेरो आहार भन्ने भावनाले सात्विक, पवित्र, शुद्ध एवं अहिंसक हुन आवश्यक छ ।

–बिहान खाली पेटमा पानी वा जुस, मध्यान्तरमा मोही तथा रातको खानापछि बेसारयुक्त दूध पिउनाले शरीर स्वस्थ रही तनाव कम हुन्छ । 

–आहार शुद्ध भएपछि रगत शुद्ध हुन्छ, रगत शुद्ध भएपछि शरीर शुद्ध हुन्छ, शरीर शुद्ध भएपछि श्वास शुद्ध हुन्छ, श्वास शुद्ध भएपछि बचन शुद्ध हुन्छ, बचन शुद्ध भएपछि मानिस तनावमुक्त रहन्छ ।

–तनाव हटाउन श्वासको ठूलो भूमिका हुन्छ अर्थात् हरपल श्वासमा ध्यान केन्द्रित वा प्रणव ध्यान गर्नाले तनाव हट्छ ।

–तनाव कम गर्न अनुलोम–विलोम प्राणायाम कम्तीमा १५ मिनेट गर्नु वा चन्द्रभेदी प्राणायाम गर्नु लाभदायक हुन्छ ।

–तनाव कम गर्न आसनको माध्यमबाट शरीरभित्रका विजातीय तत्वहरू पसिनाका रूपमा बाहिर निकाल्न बिहान सूर्य नमस्कार ७ देखि ११ पटक गर्नुपर्छ ।

–तनाव कम गर्न शशकासन, बक्रासन, पर्वतासन, बुद्धपद्मासन, नटराजासन, शवासन आदि नियमित रूपमा गर्न सकिन्छ ।

–तनाव कम गर्न ज्ञान मुद्रा र साम्भवी मुद्रा पनि उत्तिकै प्रभावकारी छन् । 

 

 Image