Successfully Copied

बाँसको तामा खानुका फाइदाहरु

यो स्वस्थकर र गुणकारी तरकारी हो । यसमा भिटामिन ‘बी’, भिटामिन ‘ई’,‘ए’, नियासिन, थियामिन र फोलेटहरूपाइन्छ ।

 अच्युतमान सिंह प्रधान ‘उत्सुक’
बाँससको कलिलो भाग वा टुसालाई ‘तामा’ भनिन्छ। बाँसबाट ‘तामा’ निकाल्नु गैरकानुनी हो । तर, कतिपय मानिसहरूले खान तथा बेच्नका लागि बाँसको तामा निकाल्ने गरेका छन् ।
यो स्वस्थकर र गुणकारी तरकारी हो । यसमा भिटामिन ‘बी’, भिटामिन ‘ई’,‘ए’, नियासिन, थियामिन र फोलेटहरूपाइन्छ । त्यसैगरी, यसमा पाइने खनिज तत्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फस्फोरस, पोटासियम, कपर र आइरन हुन्

खासगरी निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छन् । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो तरकारी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महगो हुन्छ।
बाँसको तामाबाट विभिन्न परिकार बनाउन सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीका रूपमा पनि प्रयोग गर्न सकिन्छ। त्यस्तै, तामाको अचार पनि बनाउन सकिन्छ । बाँससको तामाको तरकारी, अचार वा सुप जसरी खाए पनि स्वादिष्ट हुन्छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ। खानाको सुरुवाती अर्थात् ‘एप्पिटाइजर’ सलादका रूपमा समेत यो उपयोगी छ। यसले मानव स्वास्थ्यमा समेत फाइदा पुयाउछ । बाँसको तामा खादा मुटुलाई फाइदा हुन्छ ।


यसमा प्रोटिनको मात्रा प्रशस्त हुने भएकाले यसले शरीरको प्रतिरोधक क्षमता बढाउ छ। तामाको तरकारी खानु पाचन समस्याका लागि लाभदायक हुन्छ । फोक्सोसम्बन्धी समस्या होस् वा रुघाखोकी त्यसको नियन्त्रणको निम्ति तामा निकै लाभदायक हुन्छ।

यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्वहरू हुन्छन् । त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायक हुन्छ। उच्च रक्तचाप भएकालाई तामा उपयुक्त तरकारी हो। पेटको दुखाइका साथै अल्सर तथा आन्द्राका घाउहरू कम हुन तामाले सहयोग पुग्छ । यसमा क्यालोरी नहुनाले ऊर्जा दहनका अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन।

यो मुटुमैत्री खाद्य हो। यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ । यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको ‘एलडीएल’ स्तर, र‘लिपिड्स’ गर्छ । तामामा रहेको ‘फाइटोस्टेरोल्स’ (क्लोरोफिल, एमिलेज र फ्लोभिन) ले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्छ ।

तामाले पिसाब थैलीका कतिपय समस्यालाई निको पार्न औषधिको काम गर्छ। श्वासप्रश्वासका कतिपय समस्या कम गर्नमा वा निको पार्नमा यसले महत्वपूर्ण भूमिका खेल्छ । झाडापखाला लाग्दा र पेटमा ग्यास बढेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औषधिको काम गर्छ ।

 Image