Successfully Copied

ब्रेसेसको प्रयोग

ब्रेसेसले दाँतलाई घुमाउने, तान्ने, धकाल्ने गर्दै सेप बनाउन सहयोग गर्छ ।



ब्रेसेस किन ?
दाँत बोल्न, हाँस्न र खानेकुरा चपाउन आवश्यक छ । यी कुरामा समस्या भएमा ब्रेसेस लगाउन आवश्यक हुन्छ । दाँत बाङ्गोटिङ्गो भयो भने त्यसलाई सही आकार दिन तार बाँध्ने गरिन्छ । यसलाई ब्रेसेस लगाउनु भनिन्छ । ब्रेसेसले दाँतलाई घुमाउने, तान्ने, धकाल्ने गर्दै सेप बनाउन सहयोग गर्छ ।


ब्रेसेसका प्रकार
बजारमा धेरै प्रकारका बे्रसेस पाइन्छन् । सबैभन्दा बढी रुचाइएको ब्रेसेस मेटलको हुन्छ । अर्को सेरामिक्स ब्रेसेस हुन्छ । यो सेतो हुन्छ । इनभिजिलाइन ब्रेसेस पनि लोकप्रिय छ । यो प्लास्टिकले बनेको हुन्छ । यो निकाल्न र लगाउन सकिन्छ । सेल्फ लिगाटिङ ब्रेसेस पनि मेटलले नै बनेको हुन्छ । आवश्यकतानुसार बे्रसेस प्रयोग गर्न सकिन्छ ।

कस्तो दाँतलाई कस्तो ब्रेसेस ?
सबै ब्रेसेस सबै दाँतका लागि बनाइएको हुन्छ । दाँत, उमेर र आवश्यकतानुसार फरक–फरक ब्रेसेस लगाइन्छ । सानो बच्चा भए सानो दाँतका लागि मिनी मेटल ब्रेसेस प्रयोग गरिन्छ । ब्रेसेसलाई दाँतजस्तै देखाउन सेरामिक्स ब्रेसेस प्रयोग हुन्छ । ब्रेसेस लगाएर नदेखाउनका लागि इनभिजलाइन ब्रेसेस लगाइन्छ, जुन प्लास्टिकको टान्सप्यारेन्ट हुन्छ ।


कति समय लगाउनुपर्छ ?
यो धेरै बिरामीको प्रश्न हो । समयलाई धेरै कुराले निर्धारण गर्छ । महिला पुरुषदेखि लिएर धेरै कुराले फरक पार्छ । युवाको तुलनामा युवतीको बढ्ने क्रम छिटो हुन्छ । महिलाले नौ वर्षको उमेरदेखि र पुरुषले ११ वर्षपछि ब्रेसेस लगाउँछन् । त्यसैले यति उमेरमा सुरु भएर यतिमा सकिन्छ भनेर समयको निर्धारण गर्न सकिँदैन । ब्रेसेस लगाउँदा एक्टिभ र प्यासिफ फेज हुन्छ । ब्रेसेस लगाउने हरेक महिना चेक गर्नुपर्छ । यो एक्टिभ फेज हो । ब्रेसेस लगाएर रिटेनर लगाउनु चाहिँ यो प्यासफी फेज हो । रिटेनरले दाँतलाई फिनिसिङ गर्छ । ब्रेसेस एक वर्ष लगाउँदा रिटेनर दुई वर्ष लगाउनुपर्छ ।

के मा ध्यान दिने ?
ब्रेसेस लगाउँदा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । तार लगाइसकेपछि खानेकुरा अड्कने, फोहोर जम्मा हुने गर्छ । ब्रेसेस लगाउँदा ब्रस गर्ने र नलगाउँदा ब्रस गर्ने तरिकामा फरक हुन्छ । कडा वस्तु र टाँसिने चकलेट खानु हुँदैन । यीबाहेक अरु खानेकुरा बार्नु पर्दैन । तर खानेकुरा स–साना टुक्रा बनाएर खानुपर्छ ।


दाँत निकाल्न आवश्यक छ ?
ब्रेसेस निकाल्न दाँत निकाल्नुपर्छ भन्ने मान्यता छ । तर सबै अवस्थामा यो लागू हुँदैन । ब्रेसेसले दाँत मात्र होइन अनुहारको सेप पनि मिल्छ । कसैको दाँत ठूलो देखिन्छ । दाँत मिले पनि दाँत बाहिर आएको छ भने यस्तो अवस्थामा दाँत निकालेर ब्रेसेस लगाइन्छ । बे्रसेस सबै दाँतमा लगाउनुपर्छ भन्ने प्रश्न पनि आउँछ । एउटा दाँत बिग्रिए त्यसमा मात्र लगाउन मिल्दैन । सबैमा लगाउनुपर्छ । ब्रेसेसको सन्तुलन नमिलेमा खान असहज हुन्छ । 
(डा. आयुषसँग प्रकृति दाहालले गरिएको कुराकानीमा आधरित)

 Image