Successfully Copied

मुख किन गन्हाउँछ ?

दाँत सफा गर्न ‘डेन्टल फ्ल्स’ पाइन्छ । यो धागो हो जसले दुईवटा दाँतको बीचको भागमा सफा गर्छ । कसैकसैले सिन्का वा टुथपिकको सहायताले दाँत कोट्याउँछौं । यसले झन् दुईवटा दाँतबीच ग्याप हुन्छ र खानेकुरा अड्किन्छ ।



प्रायः धेरैलाई सास गन्हाउने समस्याले सताएको छ । मुख गन्हाउने धेरै कारण छन् । प्याज, लसुनजस्ता खानेकुराको सेवनपछि, पेटको समस्यामा, मधुमेह, एसिडिटी आदि समस्याका कारण सास गन्हाउँछ । त्यसबाहेक मुख्य कारण चाहिँ दाँतको ठीकसँग सरसफाइ नहुनु, दाँत कीराले खाएको छ भने, बुद्धिबंगारामा समस्या हुँदा, पेरोडोन्टल पकेट, जिन्जिभाइटिस, पेरिडोन्टाइटिज हुँदा पनि मुख गन्हाउँछ । मुख वा सास गन्हाउनु भनेको रोगको लक्षण हो भन्ने बुझ्नुपर्छ ।


गिजाको समस्यामा धेरै
गिजामा समस्या हुँदा पनि मुख गन्हाउँछ । गिजामा केही समस्या भएमा गिजा सुन्निएको हुन्छ, जुन हामीलाई सहजै थाहा हुँदैन । गिजा सुन्निँदा धेरै ठूलो देखिने, अप्ठ्यारो हुने, दुख्ने केही महसुस हुँदैन । गिजा सुन्निएको ठाउँमा खानेकुरा अड्किन्छ । त्यो ठाउँलाई ‘पेरोडोन्टल पकेट’ भनिन्छ । यस्तो पकेट बनिएको ठाउँमा खानेकुरा गएर बस्छ र गिजा सुनिन्छ । त्यहाँ स–साना माइक्रोअग्र्यानिज्मले गिजालाई अट्याक गर्छन् । त्यसकारण हामीले खाना खाँदा वा ब्रस गर्दा रगत आउँछ । गिजा धेरै रक्तसञ्चार हुने ठाउँ हो । त्यसले गर्दा गिजा सुन्निनेबित्तिकै रगत आइहाल्छ ।

सफा गर्नै जान्दैनौं
मुख गन्हाउनुको अर्को कारण भनेको हामीले नियमित रूपमा मुखको सरसफाइ नगर्नाले हो । मुख वा सास गन्हाउँछ भने ब्रस गरेको मिलेको छैन कि भन्ने बुझ्नुपर्छ । दाँत सफा गर्न ‘डेन्टल फ्ल्स’ पाइन्छ । यो धागो हो जसले दुईवटा दाँतको बीचको भागमा सफा गर्छ । कसैकसैले सिन्का वा टुथपिकको सहायताले दाँत कोट्याउँछौं । यसले झन् दुईवटा दाँतबीच ग्याप हुन्छ र खानेकुरा अड्किन्छ । ६–६ महिनामा दन्त चिकित्सककहाँ गएर सफा गर्नुपर्छ । धेरैमा दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, इनामेल जान्छ भन्ने भ्रम छ । दाँत समयमै सफा नगर्दा त्यहाँ फोहोर जमेर गिजा तल सर्दै जान्छ । दाँत हल्लिन थाल्छ । धेरैलाई कुल्ला गर्नै आउँदैन । कुल्ला गर्दा दुईवटा दाँतको बीचको भागमा अड्किएको खानेकुरा निस्कनुपर्छ । दाँत प्रत्यारोपण निकै खर्चिलो उपचार हो । दाँत कमजोर भएर नयाँ दाँत लगाउनुभन्दा त्यसमा रोगै लाग्ननदिनु राम्रो हो । त्यसका लागि सही तरिकाले नियमित सफा गर्नुपर्छ ।



माउथ फ्रेसनर्स कति उपयोगी
मुख गन्हाउने समस्यामा माउथ फ्रेसनर्स निकै उपयोगी हुन्छ । तर मुख र दाँतको नियमित सरसफाइ नगरी यसको मात्रै प्रयोग उपयुक्त हुँदैन । जस्तो हाम्रँे दाँतमा फोहोर जमेको छ तर माउथ फ्रेसनसको प्रयोग गर्दा फोहोर त निस्कदैन । यसले त्यो फोहोरबाट निस्कने गन्धमात्र केही समयका लागि हटाउने मात्र हो । त्यसकारण पहिले दाँतको फोहोर निकाल्नुपर्छ ।


(डा. शर्मासँग सुजाता मुखियाले गरिएको कुराकानीमा आधरित)

 Image