Successfully Copied

निःसन्तान के हो ?

पाठेघरको वरिपरि गाँठागुठी पलाउने पाठेघरको मुख बन्द भएको अवस्थामापनि पाठेघरको नली बन्द भएको हुन सक्छ । यस्तो अवस्थामा पुरुषको शुक्रकीट डिम्बसम्म पुग्दैन जसले गर्दा प्रजनन क्षमतामा ह्रास आउँछ ।

उमाश्रीवास्तव, हर्मोन विशेषज्ञ
निःसन्तान केन्द्र बबरमहल
विवाहित दम्पती २–३ वर्षसम्म कुनै पनि परिवार नियोजनका साधन प्रयोग नगर्दा पनि उनीहरूमा सन्तान उत्पादन हुँदैन भने त्यस्तो अवस्थालाई निःसन्तानपन भनेर बुझिन्छ । यसर्थ प्रजनन क्रिया स्वस्थ नहुनु नै निःसन्तान हो ।


निःसन्तानपन हुनुका कारण के–के हुन् ?
निःसन्तान महिला पुरुष दुवैका कारण हुन्छ । महिलाहरूमा निःसन्तानको मुख्य समस्या महिनावारीसँग जोडिन्छ । महिनावारी सुरुको समयदेखि नै ढिला हुने रहेछ भने उनीहरूमा यो समस्या आउँदैन तर महिनावारी भएको दुई–तीन वर्षपछि नियमित हुँदैन भने महिलामा डिम्ब उत्पादन समयमा हुँदैन । यसले हर्मोन पनि गडबढी गरिदिन्छ । फलस्वरूप सन्तान उत्पादनमा सहजता हुँदैन । पाठेघरको वरिपरि गाँठागुठी पलाउने पाठेघरको मुख बन्द भएको अवस्थामापनि पाठेघरको नली बन्द भएको हुन सक्छ । यस्तो अवस्थामा पुरुषको शुक्रकीट डिम्बसम्म पुग्दैन जसले गर्दा प्रजनन क्षमतामा ह्रास आउँछ । महिलाहरूको ढिला विवाह हुने कारण डिम्ब उत्पादन गर्ने क्षमता पनि कम हुँदै गएको छ भने अब पुरुषमा पनि पछिल्लो समय यो समस्या बढ्दै गएको देखिन्छ । अहिले धेरै पुरुष विदेशमा बस्ने र त्यहाँको खानपान, आचरण साथीभाइको संगतले प्रभाव पारेको देखिन्छ । अनिद्रावातनावले पनि पुरुषमा शुक्रकीट उत्पादन क्षमता कम हुँदै गएको छ । पुरुषहरूलाई बच्चा हुँदा हाडे इन्फेक्सन भएमा, क्षयरोग लागेमा, हर्निया भएको छ भने यसको असर अण्डकोषमा देखिन्छ । यसले शुक्रकीटका पाइप सुकाइदिन्छ । जसले गर्दा प्रजनन क्षमता कमजोर हुन्छ ।

यो समस्या महिला र पुरुषमध्ये कुनमा बढी देखिन्छ ?
अहिले महिला–पुरुष दुवैमा यो समस्या बराबरी छ । धेरैजसोले निसःन्तानपन हुनेबित्तिकै महिलालाई दोष दिने चलन छ । जुन गलत र भ्रमपूर्ण हो । यसो त पुरुषमा अनुसन्धान कम भएको छ । उपचारका लागि आएका पुरुषमा शुक्रकीट छैन भन्दा उनीहरू कुरै नुसनी उठेर हिँड्छन् । महिलाको तुलनामा पुरुषहरूले चेकजाँच पनि कम गर्छन् । जसले गर्दा महिलामा बढी रिसर्च हुने भएकाले महिलामा समस्या बढी देखिएकोे हो ।


गर्भनिरोधक चक्कीले पनि निःसन्तान बनाउँछ भनिन्छ नि ?
अहिले बढी उमेरमा विवाह गर्ने र विवाह गरेपछि पनि महिलाले सन्तान जन्माउन हतार गर्दैनन् । त्यसकारण उनीहरूले विभिन्न परिवार नियोजनका साधन प्रयोग गरेका हुन्छन् । यसले गर्दा उनीहरूको हर्मोनमा गडबढी देखिन्छ । जसले गर्दा सन्तान प्राप्तिमा केही ढिला हुन्छ । एउटा बच्चा भएको लामो समय अर्को बच्चा नहुने समस्या पनि छ । तर निःसन्तान नै हुन्छ भन्ने हँुदैन । हर्मोन टेस्ट गरेर सन्तान जन्माउन सकिन्छ । तर यस्ता साधन प्रयोग गर्दा सचेतना भने अपनाउनुपर्छ । एउटा बच्चा पनि नभएका महिलाहरूले बढी डोजको सुई लगाउनु रहर्मोनमा समस्या हुने परिवार नियोजनका साधन प्रयोग गर्नुहुँदैन । 

(डा. बास्तवसँग प्रकृति दाहालले गरिएको कुराकानीमा आधरित)

 Image