Successfully Copied

मिस नेपाल अर्थ हुन चाहन्थें

ममा मिस नेपाल हुने सपना थिएन । नेपालमा अहिलेसम्म वातावरणसम्बन्धी कुनै पनि रिसर्च सेन्टर नभएको र आफू वातावरणको विद्यार्थी भएकाले त्यो होस् भन्ने चाहना थियो । म यो प्रतियोगितामा भाग लिँदै मिस नेपाल अर्थ भएर मिस अर्थमा भाग लिन जान चाहन्थें तर मिस

वर्षा लेखी, मिस नेपाल इन्टरनेसनल

मिस नेपाल इन्टरनेसनलका रूपमा तपाईंको नाम उद्घोष हुँदा तपाईं सामान्य नै देखिनुभयो नि ?

रिजल्ट आउनुअघि म आँखा चिम्म गरेर बसेकी मात्र थिएँ, वर्षा लेखी भनेर नाम आइहाल्यो । त्यसैले म हड्बडिइन र कुनै प्रतिक्रिया व्यक्त गर्नै भ्याइन । 

उपाधि जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्थ्यो ?

उत्कृष्ट १० मा पर्छु भन्ने थियो । प्री–जजिङमा राम्रो उत्तर दिएपछि उत्कृष्ट ५ मा पनि पर्छु भन्ने लाग्यो । त्यसपछि उत्कृष्ट ३ मा पर्छु भन्ने भयो । मैले फस्ट रनर्सअप हुने आशा गरेकी थिएँ ।

तपाईंको नाम लिनासाथ सर्वप्रथम कसलाई सम्झनुभयो ?

शुभेच्छा खड्कालाई ।

तपाईंको पनि मिस नेपाल हुने सानैदेखिको सपना हो कि ?

ममा मिस नेपाल हुने सपना थिएन । नेपालमा अहिलेसम्म वातावरणसम्बन्धी कुनै पनि रिसर्च सेन्टर नभएको र आफू वातावरणको विद्यार्थी भएकाले त्यो होस् भन्ने चाहना थियो । म यो प्रतियोगितामा भाग लिँदै मिस नेपाल अर्थ भएर मिस अर्थमा भाग लिन जान चाहन्थें तर मिस इन्टरनेसनलमा जाने अवसर मिल्यो ।

थारु समुदायबाट तपार्इंं पहिलो विजेता हुनुहुन्छ, कस्तो अनुभव भैरहेको छ ?

थारु समुदाय अलि पछाडि नै छ । त्यस्तो समुदायबाट आएर १६ जना प्रतिस्पर्धीभन्दा अगाडि पुग्दा आनन्द र गर्व अनुभव भएको छ । 

मिस नेपाल भन्नासाथ कसलाई सम्झनुहुन्छ ?

इशानी श्रेष्ठ र सृष्टि श्रेष्ठलाई । 

तपाईंको सफलतामा कसको बढी हात छ ?

सुरुमा त हाम्रो परिवारमा मम्मीका सन्तान बहिनी र म मात्र भएकाले छोरा छैन भनेर नाक खुम्च्याउँथे । त्यही कारण पनि ममा केही गर्नुपर्छ भन्ने भावना बढेको हो । साथै सिर्जना रेग्मी यो प्रतियोगितामा नभएकी भए म यो ठाउँमा पुग्ने थिइन । उनको सल्लाह र सपोर्टलाई म कहिल्यै बिर्सन सक्दिन ।

तपाईं त एकदमै फिट हुनुहुन्छ, फिटनेसका लागि के गर्नुहुन्छ ?

स्कुले जीवनदेखि नै योग गर्दै आएकी छु । मेरा मम्मी र बुबा दुवै अस्वस्थ भएकाले पनि म योगतर्फ आकर्षित भएकी हुँ । यद्यपि म खाना भने बार्दिन । 

कत्तिको फेसेनेबल हुनुहुन्छ ?

म फेसन ट्रेन्डको ठीक उल्टो हिँड्छु । फेसनमा आउँदैमा कुनै पनि पहिरन लगाइहाल्दिन । आफूलाई कस्तो सुहाउँछ त्यसमा ध्यान दिन्छु । ममा अरूभन्दा केही भिन्न देखिने चाहना छ 

 Image