Successfully Copied

घरपालुवाको होस्टेल

व्यस्त सहरिया जीवनमा धेरैले घरपालुवा जनावर पालेका हुन्छन् । घरपालुवा परिवारको सदस्यकै रूपमा रहने भएकाले चाडपर्व अथवा घुम्न बाहिर गएका बेला समस्या उत्पन्न हुनसक्छ ।

व्यस्त सहरिया जीवनमा धेरैले घरपालुवा जनावर पालेका हुन्छन् । घरपालुवा परिवारको सदस्यकै रूपमा रहने भएकाले चाडपर्व अथवा घुम्न बाहिर गएका बेला समस्या उत्पन्न हुनसक्छ । घरका सबै सदस्य बाहिर गएका बेला घरको यो सदस्यलाई कहाँ राख्ने भन्ने गम्भीर प्रश्न खडा हुन्छ । यस्तै अवस्थालाई विचार गरेर काठमाडांै तथा अन्य सहरहरूमा केनल तथा डग बोर्डिङहरू संचालित छन् जसबाट धेरैलाई सहयोग पुगेको छ ।

उपयुक्त केनल/बोर्डिङको छनोट

आफूलाई जानकारी नभए घरछिमेक, साथीभाइसँग यस विषयमा सल्लाह लिनु उपयुक्त हुन्छ । आफ्ना घरपालुवालाई कुनै केनलमा राख्नुअघि केही कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ । 

    केनलमा सरसफाइको अवस्था ।

    प्रत्येक घरपालुवाका लागि छुट्टै केनलको व्यवस्था ।

    त्यहाँ काम गर्ने कामदारहरूले घरपालुवासँग गर्ने व्यवहार ।

    बिरामी र स्वस्थ घरपालुवा राख्ने ठाउँको उचित व्यवस्था ।

    पशुचिकित्सक तथा प्राविधिकको व्यवस्था 

    ताजा खाना एवं सफा पानीको व्यवस्था ।

    केनलसँगै घरपालुवा खेल्ने ठाउँको अवस्था ।

    आकस्मिक उपचार सेवा ।

    केनल अथवा बोर्डिङको छनोटपछि आफ्नो घरपालुवाका लागि केही तयारी आवश्यक हुन्छ । 

    घरपालुवालाई जुकाको औषधि तथा किर्ना–उपियाँको औषधि दिइएको छ कि छैन यकिन गर्ने ।

    घरपालुवालाई बर्सेनि लगाउनुपर्ने खोप समयमा दिइएको छ छैन विचार गर्ने ।

    आफ्नो घरपालुवालाई छारे रोग, मुटु रोग छ भने केनलमा जानकारी गराउने ।

    आफ्नो घरपालुवालाई केनलमा छोडेर आउँदा उदास नहुने । हाँसीहाँसी उसलाई माया गरेर फर्कने ।

बिर्सने त होइन ?

धेरैको मनमा केही दिनको बाहिरी बसाइपछि फर्केर आउँदा घरपालुवाले आफूलाई बिर्सने त होइन भन्ने शंका हुन्छ । प्यारो घरपालुवाले केही दिन होइन वर्ष दिन नै टाढा भए पनि आफ्नो घरधनीलाई बिर्संदैन ।

उपयुक्त केनल तथा बोर्डिङको छनोटबाट नै घरपालुवा सुरक्षित रहन सक्छ । ढुक्कसँग बिदा मनाउन तथा चिन्तामुक्त भै भ्रमणको आनन्द लिन यस्तो सुविधाको फाइदा उठाउन सकिन्छ । 

डा.शरद सिंह यादव

एडभान्सड पेट हस्पिटल,

विशालनगर

 Image