Successfully Copied

तीज र स्वास्थ्य

नेपाली महिलाहरूको महान् चाड तीज नजिकिँदै छ । यो चाड महिलाहरूको दसंै हो भन्दा फरक पर्दैन । तीज नजिकिँदै जाँदा राता रंगीबिरंगी पहिरनमा सजिएर मीठा–मीठा परिकार बनाएर खाने तथा ख्वाउने चलन छ । केही समययता महिना दिनअघिदेखि नै तीजको चहलपहल सुरु हुने भए

नेपाली महिलाहरूको महान् चाड तीज नजिकिँदै छ । यो चाड महिलाहरूको दसंै हो भन्दा फरक पर्दैन । तीज नजिकिँदै जाँदा राता रंगीबिरंगी पहिरनमा सजिएर मीठा–मीठा परिकार बनाएर खाने तथा ख्वाउने चलन छ । केही समययता महिना दिनअघिदेखि नै तीजको चहलपहल सुरु हुने भए पनि अहिले त्यसमा केही कमी आएको छ । तीज आउनासाथ मनमा एक किसिमको हर्ष संचार हुने चाबहिलकी गृहिणी रीता केसी बताउँछिन् । यो चाडले महिलामा सद्भाव कायम गर्न मद्दत पुर्‍याएको उनको दाबी छ । 

तीजको केही दिनअघिदेखि दर खाने चलन छ । यी दिन मीठा–मीठा तथा  नौला परिकार बनाएर दर खाइन्छ । दरका रूपमा कतिपय ठाउँमा मासु तथा मिठाईं पनि प्रचलित छन् । अघिल्लो दिन क्यालोरीयुक्त खाना खाएर भोलिपल्ट खाना नखाँदा स्वास्थ्यमा खासै असर नपर्ने चिरायु अस्पतालका डा. प्रकाश पौडेल बताउँछन् । अघिल्लो दिन खाएको खानाबाट भोलिपल्ट ८ घन्टासम्म पोषण तत्व प्राप्त हुन्छ । त्यसैले एक दिन खाना नखाँदा खासै असर नपर्ने भए पनि पानीसमेत नखाई निराहार बस्दा समस्या देखिनसक्ने पौडेलले बताए । पानी पनि नपिई व्रत बसेर नाचगान गर्दा शरीरबाट पसिना निस्कन्छ र पानीको मात्रा कमी भएर डिहाइड्रेसन हुन सक्छ जसले गर्दा कतिपय महिलाहरू नाचगान गर्दागर्दै ढल्छन् । त्यसैले तीजका दिन अन्न नखाए पनि फलफूल तथा पानी सेवन गर्नुपर्ने डा. पौडेल बताउँछन् । 

डा. प्रकाश पौडेल

व्रत बस्न नहुने 

धेरैजसो नेपालीमा ग्यास्ट्रिकको समस्या छ । ग्यास्ट्रिकका रोगी भोकै बस्दा स्वास्थ्यमा असर पर्छ । त्यसैले ग्यास्ट्रिकका रोगीले औषधि खाइरहेको अवस्थामा व्रत बस्नुअघि फलफूल तथा चिया खाएर ग्यास्ट्रिकको औषधि सेवन गरिसकेपछि मात्र व्रत बस्नु उत्तम हुन्छ । यसैगरी मधुमेहका बिरामी भोकै बस्दा स्वास्थ्यमा असर पर्छ । मधुमेहका बिरामीले इन्सुलिन लिइरहेको अवस्थामा व्रत बस्नु हुँदैन । यस्ता बिरामी व्रत बस्दा रगतमा सुगरको मात्रा कम भएर हाइपोग्ल्यासिमिया हुन सक्छ । बिरामी अचेत भएर कतिपय अवस्थामा कोमामा समेत जान सक्छन् । गाह्रो भए सुगर सिरप तथा क्यान्डी खानुपर्छ । यसैगरी उच्च रक्तचाप भएकाहरू पनि पानी नपिई व्रत बस्दा डिहाइड्ेरसन हुन्छ । शरीरमा एक किसिमको तनाव हार्मोन रिलिज भएर रिस उठ्छ । यसैगरी रक्तचाप घट्ने एवं मुुटुको धड्कन बढ्ने हुन्छ । धेरै महिलालाई व्रत बस्दा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । डिहाइड्रेसनका कारण पनि टाउको दुख्छ । त्यसैगरी गर्भवती महिलाहरूले पनि व्रत बस्नु हुँदैन ।

व्रतपछि

कतिपय महिला तीजका दिन निराहार व्रत बसेर भोलिपल्ट मात्र खान्छन् । त्यसो गर्ने हो भने सुरुवातमा हल्का खाना खानु उचित हुन्छ । भोको पेटमा सुरुमै गह्रांै खाना खानुहुँदैन । २४ घन्टासम्म खाना नखाँदा शरीरमा शक्तिको कमी भएर खाएको खाना राम्रोसँग पचाउन सकिँदैन । त्यसैले कालो चिया तथा जुस खाएर मात्र अन्य खानेकुरा खानु उचित हुन्छ । यसैगरी स्वस्थ मानिसले आफ्नो वजनअनुसार पानी पिउनुपर्छ । ५० किलोग्राम हुनेहरूले दिनभरमा साढे दुई लिटर पानी पिउनुपर्छ । शास्त्रमा निराहार व्रत बस्नुपर्ने कुरा कतै उल्लेख छैन । त्यसैले फलाहार गरेर तीजको व्रत बस्नु उत्तम हुन्छ । 

तस्बिर: नवराज वाग्ले

व्रतका प्रकार 

हिजोआज धेरै मानिस स्वास्थ्यप्रति सजग हुँदै व्रत बस्न थालेका छन् । यसो गर्दा स्वास्थ्यमा फाइदा पुगेको कुरा पनि अध्ययनहरूबाट पत्ता लागेको छ ।

क्यालोरी रिडक्सन : यसका लागि कम क्यालोरी भएका खानेकुरा खानुपर्छ । चीज, फास्टफुड एवं जंक फुड खानुहुँदैन भने आवश्यक प्रोटिनयुक्त खाना खानुपर्छ । 

अल्टरनेटिभ डे फास्टिङ : फलफूल तथा उच्च क्यालोरीयुक्त खाना थोरै मात्र खानुपर्छ । यसले गर्दा कोलस्ट्रोलको मात्रा घट्छ । नराम्रो चिल्लो पदार्थ घट्छ र मुटुको समस्या कम हुन्छ । 

डाइटरी रिडक्सन : खानेकुराको मात्रा घटाई कार्बोहाइड्रेडयुक्त खानेकुरा कम खानुपर्छ । 

 Image