Successfully Copied

स्वास्थ्य सही रहोस्

घरमा होम मेकर र अफिसमा प्रोफेसनल । दोहोरो जिम्मेवारी । बिहान ५ देखि ८ बजेसम्म घरको काम, त्यसपछि ९ देखि ५ बजेसम्म अफिसको ।

घरमा होम मेकर र अफिसमा प्रोफेसनल । दोहोरो जिम्मेवारी । बिहान ५ देखि ८ बजेसम्म घरको काम, त्यसपछि ९ देखि ५ बजेसम्म अफिसको । यद्यपि दिनहुँको यो भागदौडमा आफ्नो स्वास्थ्यप्रति बेवास्ता गर्नु हुँदैन । आधुनिक कामकाजी महिलाहरूले मल्टी टास्किङ हुनु अत्यन्त जरुरी छ होइन भने काम र घरको जिम्मेवारीबीच तालमेल कायम राख्न सम्भव हुँदैन । यस्तोमा उनीहरूको स्वास्थ्यमा असर पर्छ, जसमा जिम्मेवारी निर्वाह गर्दा तनावको प्रभाव स्पष्ट देखा पर्छ । कामको प्रेसर, सोसल नेटवर्किङ, अफिसियल ट्राभलिङ आदि केही साधारण र आमकारण हुन्, जसले मोटोपन, डिप्रेसन, डायबिटिज, ब्लड प्रेसरजस्ता समस्यालाई जन्म दिन्छन् । एक अध्ययनअनुसार २१ देखि ५२ वर्षसम्मका कामकाजी महिलाहरूमा ६८ प्रतिशत मोटोपन, डिप्रेसन, कम्मरको पीडा, डायबिटिज तथा हाइपरटेन्सन आदि लाइफस्टाइलसँग सम्बन्धित समस्या पाइएको छ । 

हिजोआजका महिलाहरू करियरलाई बढी महत्व दिन्छन् र आफ्नो स्वास्थ्यप्रति त्यति वास्ता गर्दैनन्  । कामको प्रेसरमा जंक फुड खान्छन् जसबाट मोटोपनका साथै अन्य स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् । समयको अभावमा निद्रा पूरा हुँदैन र उनीहरू आरामपूर्वक सुत्न सक्दैनन् । आधुनिक जीवनमा व्यायामका लागि समय हुँदैन र खराब पोषणका कारण शरीरमा आइरन र क्याल्सियमको कमी हुन्छ । अफिस एवं सामाजिक संघसंस्थामा व्यस्त रहनुपर्दा पर्सनल लाइफका लागि पर्याप्त समय बच्दैन । परिणामस्वरूप उनीहरूमा डर एवं निराशाको समस्या देखा पर्छ । तनावमा हार्मोन असन्तुलनले पोलिस्टिक ओबेरियन वा डिसफङ्सनल युटेराइज ब्लिडिङको समस्या हुन्छ । 

घर तथा कार्यालयमा तालमेल कायम गर्ने क्रममा कतिपय अवस्थामा तनाव उत्पन्न हुन्छ र अधिकांश महिला धूम्रपान र मद्यपानमा फस्न पुग्छन् । त्यसैले पनि डायबिटिज र हाइपरटेन्सनजस्ता समस्या बढेको देखिन्छ । यस्ता महिलाहरूमा इनफर्टिलिटीको समस्या बढ्दो पाइन्छ । हरेक महिला विशेषगरी ३५ वर्षभन्दा बढीकाले नियमित स्वास्थ्य जाँच गराउनु अनिवार्य छ । स्तन क्यान्सरलाई ध्यानमा राखी जाँच गराउनु जरुरी छ–कारण सम्पूर्ण विश्वमा हुने मृत्युमध्ये लगभग एक प्रतिशतको कारण स्तन क्यान्सर हो । समयमै स्वास्थ्य परीक्षण गराउँदा रोगसम्बन्धी सबै कुराको जानकारी प्राप्त हुन्छ र बाँच्ने सम्भावना पनि हुन्छ । यो समस्याका पछाडि बढी उमेरमा विवाह हुनु, स्तनपान नगराउनु, अत्यधिक तौल वा आनुवंशिकजस्ता अन्य केही कारण पनि छन् । 

महिलाहरूमा स्ट्रोकको समस्या पनि बढ्दो छ ।  डायबिटिज र हाइपरटेन्सनको ख्याल नगर्दा वा लापरबाही गर्दा यो गम्भीर समस्या उत्पन्न हुन्छ । यो मामिलामा पनि नियमित जाँचबाट लाभ हुन्छ । सक्षम युवा महिलाहरूमा पोलिसिस्टिक ओवरिजको समस्या बढ्दो पाइन्छ । यसमा उनीहरूको महिनावारीमा अनियमितता र इनफर्टिलिटीको समस्या देखिन्छ । समयमै उपचार गराउनु नै यो समस्याको सरल समाधान हो । यसको प्रमुख कारण मोटोपन, व्यायामको कमी एवं खानपानको गलत व्यवहार हो । 

यी सबै समस्याबाट जोगिने मूलमन्त्र भनेकै परिवारलाई धेरै समय दिनु, आफ्ना लागि समय निकाल्नु, आहार तथा व्यायामलाई सुनियोजित गर्नु एवं वार्षिक रूपमा शारीरिक परीक्षणलाई आफ्नो सेड्युलमा समावेश गर्नु हो । कुनै पनि रोगको सामान्य लक्षण देखिए पनि बेवास्ता गर्नु हुँदैन । भनिन्छ–प्रिवेन्सन इज वेटर देन क्योर’ अर्थात् रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नबाट जोगिनु राम्रो उपाय हो ।

 Image