मिसावटी खाद्यपदार्थ बहिष्कार गरौं
श्रावण १६, २०७३
हामी थुप्रै प्रकारका खाद्यपदार्थ उपभोग गर्छौं । हामी खानपानप्रति उदासीन पनि रहन सक्दैनौं । त्यसैले खानाप्रति सजग र सचेत हुनु आवश्यक छ । ताजा तथा विषादीरहित खाद्यपदार्थ उपभोग गर्नु नै बुद्धिमानी हुन्छ । सडेगलेका, फोहोर एवं मिसावटयुक्त पदार्थ उपभोग गर्दा झाडापखाला, टाइफाइड, हैजा, जन्डिस आदि रोग लाग्न सक्छन््््््् । बासी, सडेगलेका तथा फोहोर मिसिएको खाना खाादा फुड प्वाइजनिङ हुन सक्छ र शरीर गल्न सक्छ । बासी मासु, मरेका जनावरको मासु, राम्रोसाग डिफ्रिज नगरिएको मासु खाादा बटुलेनम भनिने फुड प्वाइजनिङ हुने सम्भावना बढ्छ । कतिपय अवस्थामा धेरै बान्ता हुने र राम्रोसाग हातखुट्टा नचल्ने हुन्छ । बंगुरको मासु खाादा नाम्ले कीरा पर्ने सम्भावना हुन्छ । यसैगरी मिठाईंमा हुने मिसावटले शरीरमा तत्काल कुनै असर नदेखिए पनि हानी भने अवश्य गर्छ । हुन त मिठाईं बनाउादा धेरै समयसम्म पकाइने भएकाले त्यसमा जीवाणु पनि आगोको तापक्रमसागै मरेर जान्छन् तर अखाद्य पदार्थ मिसाएर बनाइएको मिठाईं खाादा शरीरमा दीर्घकालीन रूपमा असर पुग्न सक्छ ।मिठाईंमा मिसाइएको रंगले पेट तथा आन्द्रामा घाउन हुन सक्छ । मिठाईं बनाउन प्रयोग गरिने घिउमा जनावरको बोसो पनि मिसाइन्छ । बोसोले शरीरलाई हानी गर्छ । कतिपयले व्रतको दिन मिठाईं खाने हुादा धार्मिक आस्थामा बाधा पुग्छ । यस्ता मिठाईं खाादा मुटु रोग लाग्न सक्छ । यसमा क्यान्सर रोग लाग्न सक्ने तत्व समावेश हुन सक्छ । यसैगरी तोरीको तेल वा सनफ्लावरको तेलमा आलसको तेल मिसाइन्छ । यसले शरीर सुन्निन सक्छ । सागपात सफा नभए पेटमा जुका पर्ने सम्भावना पनि उत्तिकै हुन्छ । भविष्यमा मिर्गौला, कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले यस्ता खाद्यवस्तुबाट सचेत हुनुपर्छ ।
मिसावटयुक्त खाद्यपदार्थको सेवनले किड्नी बिग्रने, आाखाको ज्योति गुम्ने, क्यान्सर लाग्ने, कलेजो र फोक्सो बिग्रने खतरा हुन्छ । हैजा, टाइफाइड, क्यान्सर एलर्जी एवं पक्षघात हुने सम्भावना रहन्छ । यसैगरी बजारमा मनै लोभ्याउने फलफूल पाइन्छन् । झट्ट हेर्दा आकर्षक देखिए पनि त्यस्ता फलफूल खाादा स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । केरा, मेवा, आाप, अम्बा आदिलाई समयअघि नै पकाउन कार्बाइड रसायन प्रयोग गरिन्छ । समयअघि पकाइएका यस्ता फलफूल स्वादरहित हुन्छन् र तिनमा पौष्टिक तत्व पनि हुादैन । नियमित रूपमा यस्ता फलफूल खाादा मुखमा घाउ हुने, वाकवाकी आउने, पखाला लाग्ने तथा पेटसम्बन्धी गम्भीर समस्या हुने एवं फुड प्वाइजनिङसमेत हुनसक्छ । यसैगरी फलफूलमा आर्सेनिक, फस्फोरस, क्याल्सियम कार्बाइड प्रयोग गरिन्छ । यस्ता फलफूल खाए क्यान्सर लाग्ने सम्भावना रहन्छ । फर्सी, काँक्रो, करेला, लौका तथा हरिया तरकारीलाई समयअघि ठूलो बनाउने अक्सिटोसिन प्रयोग गरिन्छ । तरबुजा–खरबुजालाई समयभन्दा अघि ठूलो तथा रातो बनाउने अक्सिटोसिन तथा सेकरिन नामक इन्जेक्सन लगाइन्छ । यस्ता खानेकुराले पुरुषलाई नपुंसक बनाइदिन्छन् । यसैगरी विषालु तेल, फलफूल र चियापत्तीले मिर्गाैलामा हानी पुर्याउनुका साथै आाखाको ज्योति गुम्ने, प्यारालाइसिस, नपुंसकता र क्यान्सर पनि हुन सक्छ । यस्ता मिसावटयुक्त खानेकुरा नियमित सेवन गरे गर्भपतन, अपाङ्ग बालबालिका जन्मने, महिलामा दाह्री–जुंगा आउने हुन सक्छ । त्यसैले जबर्जस्ती पकाइएका फलफूल खानु हुादैन । केराउ र पर्बलमा हरियो रंग, मासको दालमा कालो रंग, बेसारमा पिठो र पहेंलो रंग, महमा चिनी वा खुदो, नुन र चिनीमा चकको धुूलो, दूधको खुवामा पिठो, तोरीको तेलमा भटमासको तेल वा अखाद्य तेल मिसाइन्छ । यस्ता मिसावटयुक्त खाद्यपदार्थ सेवन गर्नाले किड्नी बिग्रने, आाखाको ज्योति गुम्ने, क्यान्सर लाग्ने, कलेजो एवं फोक्सो बिग्रने खतरा हुन्छ । उपभोक्तामा चेतनाको कमीका कारण खाद्यपदार्थ किन्दा लेवल नहेर्ने, गुणस्तरहीन वा अखाद्य पाइए पनि उजुरी नगर्ने प्रवृत्तिले गर्दा पनि बजारमा यस्ता खाद्यवस्तुको बिगबिगी बढेको छ । कतिपय व्यापारीले रातारात धनी हुने लालसामा जानाजान दूषित तथा मिसावटयुक्त पदार्थ उत्पादन एवं बिक्री गर्छन् । त्यसैले स्वस्थ तथा गुणस्तरीय खाद्यपदार्थको खोजी गरौं, मिसावटी चीजबीजको बहिष्कार गरी सचेत नागरिक बनौं ।
डा. उन्मुक्ति पाण्डे, चावहिल
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्