Successfully Copied

स्वस्थ आँखाका लागि खानेकुरा

हिजोआजका बालबालिका दिनहुँ टिभी हेर्ने, मोबाइल चलाउने, भिडियो गेम खेल्ने आदि काम गर्छन् । चाबहिलका ८ वर्षीय आशीष कार्की पनि टेलिभिजनमा कार्टुन हेर्छन् । यसले गर्दा उनले अहिले चस्मा लगाउनुपरेको छ । यसरी कम उमेरमै चस्मा लगाउनुपर्ने बाध्यता कम गर्न दैनिक खाद्य तालिकामा

हिजोआजका बालबालिका दिनहुँ टिभी हेर्ने, मोबाइल चलाउने, भिडियो गेम खेल्ने आदि काम गर्छन् । चाबहिलका ८ वर्षीय आशीष कार्की पनि टेलिभिजनमा कार्टुन हेर्छन् । यसले गर्दा उनले अहिले चस्मा लगाउनुपरेको छ । यसरी कम उमेरमै चस्मा लगाउनुपर्ने बाध्यता कम गर्न दैनिक खाद्य तालिकामा ६ वटा सुपर फुड सामेल गर्नु वेश हुन्छ जसले आँखा स्वस्थ राख्नुका साथै त्यसलाई बलियो समेत बनाउँछ ।

 

गाजर

गाजर मात्र होइन सुन्तला रंगका यस्ता फल तथा तरकारीमा ‘भिटामिन ए’ पाइन्छ । भिटामिन ए आँखाका लागि फाइदाजनक छ । ‘भिटामिन ए’ को सेवनले आँखा स्वस्थ रहन्छन् र आँखाको शक्ति पनि बढ्छ ।

 

हेल्दी–टेस्टी टिप्स

-    बालबालिकालाई दिनहुँ गाजर दिनुपर्छ ।

-    एक गिलास गाजरको जुस पनि दिन सकिन्छ ।

-    यसैगरी तरकारी, पुलाउ आदिमा गाजर काटेर समावेश गर्न सकिन्छ ।

 

पालुंगो

पालुंगोले पनि अन्य पोषक तत्व जस्तै आँखालाई स्वस्थ राख्छ । पालुंगोमा पाइने खनिज पदार्थ तथा भिटामिनले आँखाको हिफाजत गर्छ । पालुंगो मात्र होइन गाढा हरियो रंगको ब्रोकाउली पनि आँखाका लागि फाइदाजनक हुन्छ ।

हेल्दी–टेस्टी टिप्स

-   दिनहुँ १ सय ग्राम पालुंगो सेवन गर्नुपर्छ ।

-  पालुंगोको प्युरी तथा सूप बनाएर पनि यसलाई स्वादिलो बनाउन सकिन्छ ।

-   सलादका रूपमा पालुंगोलाई उमालेर पनि खान सकिन्छ ।

-   पालुंगोलाई कम मसलामा पकाएर खान सकिन्छ ।

सुन्तला

भिटामिन सीको मुख्य स्रोत सुन्तला पनि स्वस्थ आँखाका लागि आवश्यक छ । हालै सम्पन्न एक अध्ययनअनुसार दिनहुँ सुन्तला खाए मोतीबिन्दुको सम्भावना ६५ प्रतिशतले कम हुन्छ । सुन्तलाका साथमा भिटामिन सीयुक्त गोलभेंडाको सेवन पनि

लाभदायक हुन्छ ।

 

हेल्दी–टेस्टी टिप्स

-   बालबालिकालाई दिनहुँ एउटा सुन्तला दिनुपर्छ ।

-   सुन्तलाको जुस पनि दिन सकिन्छ ।

-   फ्रुट सलादमा पनि सुन्तलाको मात्रा दुई गुणा बढाउनुपर्छ ।

-   घरमै बनाइएको सुन्तलाको जाम ब्रेडमा लगाएर खान सकिन्छ ।

बेरिज

बेरिजमा पाइने पोषक तत्वका कारण दिनको उज्यालो मात्र होइन रातको अँध्यारोमा पनि छर्लङ्ग देखिन्छ । खासगरी ब्ल्याक बेरिज खाए आँखामा सही मात्रामा रगत आपूर्ति हुन्छ । यसले आँखा धमिलो देखिने समस्या कम गर्नुका साथै मोतीबिन्दुको समस्या पनि सिर्जना हुन दिदैन ।

हेल्दी–टेस्टी टिप्स

-   दिनहुँ एक कचौरा बेरिजको सेवन आँखाका लागि उपयोगी हुन्छ ।

-   बेरिजले स्मुदी आँखाको आवश्यकता पूरा गर्छ ।

-   भिन्न स्वादका लागि बेरिजयुक्त केक पनि प्रयोग गर्न सकिन्छ ।

माछा

चिसोले गर्दा आँखा चिलाउने समस्या हुन्छ । यसले गर्दा आँखासम्बन्धी समस्या हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले आँखाको रुखोपन कम गर्छ । यसले आँखा स्वस्थ रहन्छ भने आँखामा हुन सक्ने रोगबाट समेत सुरक्षित हुन सकिन्छ ।

हेल्दी–टेस्टी टिप्स

 

-   साताको दुईपटक माछा सेवन गर्नुपर्छ ।

 

-   माछालाई स–साना पिस बनाई तेलमा फ्राई गरेर बालबालिकालाई खानासँग दिन सकिन्छ ।

-    फिस स्यान्डबिच पनि स्वस्थ अप्सन हुनसक्छ ।

-  बालबालिकाको मुखको स्वाद बदल्न फिस कटलेट जस्तो स्वादिष्ट परिकार प्रयोग गर्न सकिन्छ ।

बदाम

भिटामिन ईयुक्त बदामको सेवनले बालबालिकाको बुद्धि विकास तीव्र गतिमा हुनुका साथै आँखाको दृष्टि पनि तेज हुन्छ । यसमा पाइने पोषक तत्वले युवी किरणको असर कम गर्छ । यसले आँखासम्बन्धी समस्या बिस्तारै कम गर्दै लान्छ ।

हेल्दी–टेस्टी टिप्स

-   दिनहुँ १ वा २ वटा बदामको सेवन फाइदाजनक हुन्छ । बालबालिकालाई दूधमा बदामको पाउडर मिसाएर दिन सकिन्छ ।

 

-   गार्निसिङ, टपिङ आदिका लागि पनि बदाम प्रयोग गर्न सकिन्छ ।

-  तावामा थोरै तेल तथा नुन हालेर बदामलाई भुट्ने । त्यसपछि साल्टी बदामको स्वाद चाख्न सकिन्छ ।

 Image