Successfully Copied

कानुनी शिक्षा

अहिले कानुनी शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । देशमा संघीयता लागू भएसँगै कानुनप्रतिको क्रेज थप वृद्धि भएको जानकारहरू बताउँछन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै स्थानीय तहदेखि केन्द्रीय तहसम्म कानुनको आवश्यकता भएकाले पनि कानुनी शिक्षामा आकर्षण बढेको हो ।

अहिले कानुनी शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । देशमा संघीयता लागू भएसँगै कानुनप्रतिको क्रेज थप वृद्धि भएको जानकारहरू बताउँछन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै स्थानीय तहदेखि केन्द्रीय तहसम्म कानुनको आवश्यकता भएकाले पनि कानुनी शिक्षामा आकर्षण बढेको हो । लामो राजनीतिक संघर्षपछि देशमा नयाँ संविधान बनेको छ र त्यसकै मर्मअनुरूप नयाँ–नयाँ कानुन बनेका छन् । थप कानुन बन्दै जाने क्रम पनि चलिरहेको सन्दर्भमा बीएएलएलबीदेखि एलएलबीसम्म अध्ययन गर्ने महिलाहरू पनि बढ्दै गएका छन् । 

के भन्छन् कानुनका विद्यार्थी ?

दलित भएकै कारण गुल्मी तम्घासकी मेरिना दूधराजले गाउँमा धेरै समस्या भोगेकी छिन् । जातकै कारण धारा–पँधेरा वा मठ–मन्दिरमा आफ्नो समुदायका व्यक्तिले समस्या भोगेको नजिकबाट देखेकी छिन् । समाजमा विद्यमान यिनै विभेद हटाएर समानता र न्याय दिलाउन दूधराज नेपाल ल क्याम्पसमा बीएएलएलबीमा भर्ना भइन् । दोस्रो सेमेस्टरमा अध्ययन गरिरहेकी मेरिना अध्ययन सकेपछि यही क्षेत्रमा आफ्नो भविष्य सुरक्षित गर्दै न्यायका लागि लड्ने कुरा बताउँछिन् । 

साँखु काठमाडौंकी साया शर्मा ‘हेल्थ एजुकेसनमा’ स्नातकोत्तर सकेर कानुन पढिरहेकी छिन् । कानुन नजानेर धेरै महिला हिंसा भोग्न बाध्य भएको उनले देखेकी छिन् । कानुनको क्षेत्रमा उनले धेरै अवसर पनि देखिन् । साया अहिले एलएलबी तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी भविष्यमा महिलाको न्यायका लागि वकालत गर्ने अठोट लिएर अघि बढिरहेकी छिन् ।

के भन्छन् महिला कानुन व्यवसायी ?

देशकै पहिलो महिला न्यायाधीश भएर जिम्मेवारी सम्हालेकी सुशीला कार्की यो क्षेत्रमा महिलालाई थुप्रै अवसरसँगै चुनौतीसमेत रहेको बताउँछिन् । कार्कीका अनुसार यो क्षेत्रमा महिलाको भविष्य राम्रो छ । यो क्षेत्रमा भविष्य बनाउन खोज्नेहरूले गहिरो अध्ययन त गर्नुपर्छ नै उनीहरूमा हरेक कुराको ज्ञान हुनु आवश्यक छ ।  कार्की भन्छिन्–कार्यक्षेत्रमा समेत महिलामैत्री कानुन कार्यान्वयन नहुँदा महिलाहरूले आफूलाई अघि बढाउन सकेका छैनन् । 

कानुनी क्षेक्रमा लामो समय वकालत गर्दै आएकी अधिवत्ता तथा नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्याल महिलाहरूका लागि यो क्षेत्रमा रोजगारीको ढोका खुलेको दाबी गर्छिन् । बस्याल भन्छिन्–‘प्रशासनिक सेवादेखि लिएर ल फर्म खोल्नेसम्मको सुविधा छ, देशमा संघीयता लागू भएसँगै अहिले प्रशस्तै अवसर सिर्जना भएका छन् ।’ सरकारी जागिरको मोहले कानुन अध्ययन गरेकी नेपाल बार एसोसिएसनकी उपाध्यक्ष उषा मल्ल पाठकपछि जागिरभन्दा पनि अभ्यासप्रति नै आकर्षित भइन् ।

सरकारी जागिरमा प्रवेश नगरे पनि उनले स्वतन्त्र रूपमा वकालत गर्दै आएकी छन् । यसले उनलाई सामाजिक प्रतिष्ठा दिलाउनुका साथै आर्थिक रूपमा पनि साथ दिइरहेको छ । ‘यो पेसाले महिलाहरूलाई सामाजिक प्रतिष्ठाका साथै आत्मविश्वाससमेत बढाउँछ,’ उषा भन्छिन्–‘यो क्षेत्रमा राम्रो अवसर प्राप्त गर्न सकिन्छ ।’

कोर्स

बीएएलएलबी 

कुनै पनि विषयमा उच्च शिक्षा हासिल

गरेर पढ्न सकिन्छ । 

एलएलबी

कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण

गरेपछि पढ्न सकिन्छ । 

एलएलएम 

एलएलबी र बीएएलएलबी उत्तीर्ण गरेपछि

अध्ययन गर्न सकिन्छ ।

कहाँ–कहाँ पढ्न पाइन्छ 

त्रिभुवन विश्वविद्यालयतर्फ

नेपाल ल क्याम्पस, काठमाडौं ।

पृथ्वीनारायण क्याम्पस, पोखरा ।

हरिखेतान मल्टिपल क्याम्पस, पर्सा ।

महेन्द्र विन्देश्वरी मल्टिपल क्याम्पस,

सप्तरी । महेन्द्र मल्टिपल क्याम्पस, धरान ।

पूर्वाञ्चल विश्वविद्यालयतर्फ

ब्राइट भिजन क्याम्पस, विराटनगर ।

कलेज अफ ल, काठमाडौं ।

काठमाडौं स्कुल अफ ल, भक्तपुर ।

काठमाडौं विश्वविद्यालयतर्फ

काठमाडौं युनिभर्सिटी स्कुल अफ ल,

धुलिखेल ।

पछिल्लो समय कानुनप्रतिको क्रेज बढ्दै गएको छ । यसबाट महिलाहरू पनि आकर्षित हुँदै गएका छन् । कानुनको आवश्यकता महसुस गरेर होस् वा अवसर देखेर यो शिक्षाको आकर्षण बढ्दो छ । पढाइको सिस्टम पनि केही परिवर्तन हुँदै गएको छ । अहिले बीएएलएलबी सेमेस्टर प्रणाली अन्तर्गत पढाइ हुने गरेको छ । यसमा निश्चित सिट (कोटा) तोकिएको छ । यसले गर्दा पढाइको स्तर सुधि्रँदै गएको छ । यो क्षेत्रमा महिलाहरूलाई अवसर थपिँदै गएका छन् । पेसामा निरन्तरता दिन नसक्नु महिलाहरूको प्रमुख समस्या रहेको देखिन्छ । परिवारदेखि कार्यालय क्षेत्रमा महिलामैत्री वातावरण निर्माण नहुँदा बीचमा कर्मक्षेत्र छोड्नुपर्ने बाध्यतामा छन् महिलाहरू । 

लक्ष्मी शर्मा बीएएलएलबी कार्यक्रम निर्देशक नेपाल ल क्याम्पस 

 

 Image