Successfully Copied

धूम्रपानले कम उमेरमै बूढोपन 

अहिले धूम्रपान गर्नेहरूको संख्या बढ्दो छ । युवा–युवती एवं बूढापाका सबैले धूम्रपान गर्छन् । जाडोमा चिसोबाट जोगिने वहनामा पनि यसको सेवन गर्नेहरू प्रशस्तै छन् । अधिक धूम्रपानले कम उमेरमै बूढोजस्तो देखिने अध्ययनबाट पत्ता लागेको छ ।

अहिले धूम्रपान गर्नेहरूको संख्या बढ्दो छ । युवा–युवती एवं बूढापाका सबैले धूम्रपान गर्छन् । जाडोमा चिसोबाट जोगिने वहनामा पनि यसको सेवन गर्नेहरू प्रशस्तै छन् । अधिक धूम्रपानले कम उमेरमै बूढोजस्तो देखिने अध्ययनबाट पत्ता लागेको छ । अमेरिकामा गरिएको अध्ययनअनुसार चुरोट बढी सेवन गर्नेहरू वास्तविक उमेरभन्दा बढी बूढो देखिने गरेका छन् ।

अध्ययनकर्ताहरूले सहभागीहरूलाई दुई समूहमा बाँडेर अध्ययन गरेका थिए । जसमध्ये एउटा समूहमा कहिल्यै धूम्रपान नगर्ने तथा अर्को समूहमा अहिले धूम्रपान गरिरहेका तथा विगतमा गरेकाहरूलाई समेटिएको थियो ।

अन्य कुरा समान रहे पनि धूम्रपान गर्ने तथा नगर्ने बीचको तुलना गर्दा धूम्रपान नगर्ने भन्दा गर्नेहरू बढी बूढो देखिएको उक्त अध्ययनले देखाएको छ । यसका साथै बढी धूम्रपान गर्नेहरूमा बुढ्यौलीका साथै घाँटी, फोक्सो, आन्द्रा, छाला आदिमा समस्या देखिन्छ । यसको असर कति मात्रामा धूम्रपान गरिएको भन्ने कुरामा भर पर्ने बताइन्छ । 

 Image