Successfully Copied

‘पत्रु खाना होइन, पौस्टिक आहार’

मासु नखानेले भटमास, दाल, हरियो तरकारी खानुपर्छ, जसले हाम्रो शरीरमा प्रोटिन पनि दिन्छ र रोगसँग लड्नका लागि क्षमता दिन्छ । चना, क्वाँटी हामीसँग छ । त्यसलाई टुसा उमारेर खाएपछि पोषक तत्व, भिटामिन र क्याल्सियस एकदम बढ्न जान्छन् ।

घरमा तातो पानीमा मरिच र बेसार हालेर खाँदा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । अहिले कतिले यो बेलामा मासु खान हुँदैन भनेका छन् । त्यो सही होइन । मासुसँग भाइरसको केही सम्बन्ध छैन । जनावरबाट आएको हुनाले यस्तो भनियो । त्यो गलत हो ।

मासु नखानेले भटमास, दाल, हरियो तरकारी खानुपर्छ, जसले हाम्रो शरीरमा प्रोटिन पनि दिन्छ र रोगसँग लड्नका लागि क्षमता दिन्छ । चना, क्वाँटी हामीसँग छ । त्यसलाई टुसा उमारेर खाएपछि पोषक तत्व, भिटामिन र क्याल्सियस एकदम बढ्न जान्छन् ।

सय ग्राम भटमासमा ४३ ग्राम प्रोटिन पाउँछ । जति हाम्रो तौल छ त्यति प्रोटिन भए पुग्छ । दाल, अण्डा, चामल, दाल, गहुँमा बढी पाइन्छ । हरिया कुरामा प्रोटिन कम र रेसादार पदार्थ बढी हुन्छ । रेसादारले कब्जियत हुन दिँदैन ।

बाहिर धेरै कब्जियत हुनुको कारण उनीहरको शरीरमा रेसादार पदार्थ हुँदैन । किनभने उनीहरूको खाना पत्रु मैदाको बढी हुन्छ । अनि उनीहरूले कब्जियत हटाउन औषधि खानुपर्ने हुन्छ । नेपालको खानामा दाल, भात, तरकारी, दूध, दही फापर हुन्छ ।

 Image