चिकेन मलाइटिका
फाल्गुन ९, २०७९ यो भारतीय परिकार भएपनि यसलाई नेपाली ‘टच’ दिइन्छ । त्यसैले हरेकको रोजाइमा यो पर्ने गरेको छ । यो बनाउन हड्डी नभएको कुखुराको मासु चाहिन्छ । ठिक्कको मासुको टुक्रा बनाएर त्यसमा क्रिम, कागतीको रस, कालो मरिचको धूलो, अदुवा–लसुनको पेस्ट, चीज,क्रिम, नुन र जिराको धूलो हालेर मोली करिब चार घन्टा चिसोमा राख्नुपर्छ । त्यसपछि तन्दुरमा बिस्तारै बटर दल्दै यो पकाउने गरिन्छ । यो परिकारलाई पुदिनाको चटनीसँग खान सकिन्छ ।
सुदर्शन प्रसाद खतिवडा
सेफ, आगन्तुक रिसोर्ट धुलिखेल
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्