Successfully Copied

मौसम परिवर्तनका बेला बालबालिकालाई बाहिर नलगेकै राम्रो हुन्छ ।

नवजात शिशुदेखि १८ वर्षसम्मको उमेर समूहलाई बालबालिकाको श्रेणीमा राख्न सकिन्छ ।


प्रा.डा. आरपी चौधरी बरिष्ठ बाल शल्यचिकित्सक, ईशान बाल तथा महिला अस्पताल वसुन्धरा

कति वर्षसम्मको उमेर समूहलाई बालबालिकाका रूपमा लिइन्छ ?

नवजात शिशुदेखि १८ वर्षसम्मको उमेर समूहलाई बालबालिकाको श्रेणीमा राख्न सकिन्छ ।

यो मौसममा बालबालिकालाई कस्ता रोग लाग्न सक्छ ?

हाल गर्मी महिना भए पनि मौसम परिवर्तनजस्तै देखिएको छ । जाडोबाट गर्मी लागिसक्दा पनि मौसम प्रतिकूल नै छ । पानी पर्दा चिसो पनि उत्तिकै हुन्छ । यस्तो मौसममा भाइरल बढी देखिन्छ । यस्तो बेला झाडापखाला, दम, आन्द्रा खप्टिनेजस्ता सर्जिकल समस्या, रुघाखोकी, कब्जियतलगायतका स्वास्थ्य समस्या देखा पर्छन् ।

यसबाट बच्ने उपाय के हुन सक्छन्?

‘युनिभर्सल प्रिकसन’ नै मुख्य कुरा हो । मौसम परिवर्तनका बेला बालबालिकालाई बाहिर नलगेकै राम्रो हुन्छ । प्रशस्त पानी तथा झोलिलो पदार्थ खान दिनुपर्छ । पोषणयुक्त खानामा बल गर्नुपर्छ । मास्क अनिवार्य प्रयोग गर्न लगाउनुपर्छ । ‘फ्लु’ को ‘भ्याक्सिन’ दिँदा पनि प्रभावकारी हुन्छ ।

 कस्ता रोगले बालबालिकालाई छिट्टै आक्रमण गर्छन् ? ती रोग लाग्न नदिने उपाय के हुन सक्छन् ?

बच्चाहरूको प्रतिरक्षा प्रणालीको कुरा गर्दा छ महिनामुनिका नवजातहरूको ‘इम्युनिटी’ विकसित भएको हुँदैन । त्यस्ता बच्चाहरूलाई समय–समयमा दिइने आवश्यक नियमित सरकारी तथा गैरसरकारी खोपहरू जरुरी हुन्छन् । छ महिनाभन्दा माथिका बच्चाहरूको ‘इम्युनिटी’ अलिकति विकसित भइसकेको हुन्छ । उनीहरूलाई भिटामिन र खानपानमै बढी जोड दिनुपर्छ ।

बालबालिकालाई स्वस्थ राख्न ‘डायट मेन्टेन’ कसरी गर्न सकिन्छ?

बच्चाहरूको पोषणको कुरा गर्दा सन्तुलित आहार नै बढी आवश्यक हुन्छ । तर, बच्चालाई खुवाउन सहज छैन । बच्चाहरूमा कब्जियत बढी हुने हु“दा साग, तरकारी, गेडागुडी, ताजा फलफूललगायतका रेसायुक्त खानामा जोड दिनुपर्छ ।

कहिलेकाहीँ सामान्य रोगमा पनि शल्यक्रिया गर्ने सुझाव दिइएको पाइन्छ, कतिसम्म भएपछि शल्यक्रियामा जानु उपयुक्त हुन्छ ?

कुनैपनि स्वस्थ बच्चा सामान्य रोगमा पनि अचानक रुन थाल्छ वा दिसामा रगत देखापर्छ भने त्यस्ता बच्चाहरूमा आन्द्राभित्र आन्द्रा खप्टिएको हुनसक्छ । त्यस्तो अवस्थामा बालरोग विशेषज्ञको सल्लाहमा समयमै जाँच गराउँदा र पेटको भिडियो एक्सरे गराउँदा रोग समयमै पत्ता लाग्यो भने पेट नचिरीकन पनि उपचार सम्भव छ । तर, समयमै जाँच नगराएको अवस्थामा र आन्द्राभित्र आन्द्रा निकै खप्टिएको छ भने पेट खोलेरै शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

बच्चाहरूमा असामान्य अवस्था आएमा के गर्नुपर्छ?

धेरैजसोले बालरोग चिकित्सकसँग नजँचाई औषधि पसलबाट अनावश्यक औषधि प्रयोग गरिरहेका हुन्छन् । यसो हुँदा बच्चाको रोग निको नहुने र बच्चाको उपचार प्रक्रिया पनि ढिलो हुने भएकाले, अनावश्यक औषधिको असर बच्चाको शरीरका विभिन्न भागहरूमा पुग्न सक्छ । त्यस्तै, यस्तो अवस्थामा समयमै बालरोग विशेषज्ञ तथा बाल शल्यचिकित्सकस“ग सल्लाह लि“दा रोगको प्रभावकारी उपचार हुन्छ । समयमै परीक्षण गराइयो भने बच्चालाई सिकिस्त बिरामी हुनबाट जोगाउन सकिन्छ

 Image