Successfully Copied

मिस युनिभर्समा विवाहित, गर्भवतीसँगै तेस्रोलिंगीले प्रतिस्पर्धा गर्न पाउने

सहभागी हुन १५ जून देखि ३ अगस्टसम्म दर्ता गर्न पाउनेछन् । यसको ग्रान्ड फिनाले ८ सेप्टेम्बरमा हुनेछ ।

काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा विवाहित, अविवाहित, गर्भवती महिला, तेस्रोलिंगी सबैले प्रतिस्पर्धा गर्न पाउनेछन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले समावेसीतालाई वढावा दिएको बताइन । उनले भनिन ‘मिस युनिभर्समा उचाई वा तौल मापदण्ड हुँदैन। सौन्दर्यको कुनै सिमा हुँदैन भन्नेमा यसले विश्वास गर्छ ।’ 


उमंग क्रिएसन प्रालिको आयोजनामा हुने मिस युनिभर्स फ्रेन्चचाइजको चौथो संस्करण हो । सहभागी हुन १५ जून देखि ३ अगस्टसम्म दर्ता गर्न पाउनेछन् । यसको ग्रान्ड फिनाले ८ सेप्टेम्बरमा हुनेछ । 

 Image